सीमानाको के अर्थ देशै नहुनेलाई ?

43 Hits

-बलराम तिमल्सिना –

(भूटानी शरणार्थीहरूप्रति समर्पित गीत !)

लेखक

काइँयोको के अर्थ खै केशै नहुनेलाई ?
सीमानाको के अर्थ खै देशै नहुनेलाई ?

मेरो भन्न नपाए’सि म जन्मेको माटोलाई !
खुट्टा राख्न नपाएसि मैले हिड्ने बाटोलाई !
आश्रयमा वाँच्नु पर्दा अर्कै देशमा आज !
छैन मेरो देश भन्न मलाई केको लाज !
काइँयोको के अर्थ खै….
सीमानाको के अर्थ खै….

कोही पुगे देश खोज्दै सात सागर पारि !
देश खोज्ने त वहाना हो उडे आँशु झारी !
बाजे-बजू ‘देश ! देश !!’ भन्दा भन्दै मरे !
थाहा छैन बास हाम्रो कता हुन्छ भरे !
काइँयोको के अर्थ खै……
सीमानाको के अर्थ खै…….

नानी-बाबु सोध्ने गर्छन- के हो बाबा देश ?
हृदयको पत्र पत्र दुख्छ लागी ठेस !
आहा कति खुसी हुन्थ्यौं देशै हराइदिए !
मेटाएर सीमाना यी यौटै गराइदिए !
काइँयोको के अर्थ खै….
सीमानाको के अर्थ खै….

२०७५|०९|२९
सुवर्ण चोक, भक्तपुर

Loading...

Related News

सङ्गीतका तीन कविता

-सङ्गीत श्रोता- औंलाहरुको कोरस (कविता) ========= औंलाहरुले भने– नयाँ गीत गाउनका लागि हामी फेरि जुट्दै छौं ओडारबाट निस्केर हामीले घर…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी