राज्यले खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ- सभामुख महरा

27 Hits

काठमाडौं, पुस २८ ।
सभामुख कृष्णबहादुर महराले राज्यले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । खेलाडीहरुले राज्यको तर्फबाट प्रोत्साहन नपाएको तथा खेलकूद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो नभइरहेको उहाँको भनाई छ ।

न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो । महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको पनि बताउनुभएको छ ।
देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीहरुलाई उचित प्रोत्साहन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु हुनुहुन्छ तर राज्यको तर्फबाट खेलकूद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

‘खेलकूद क्षेत्रले खेलाडीहरुको शारिरीक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, उहाँले भन्नुभयो, ‘स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्वपूर्ण छ ।’

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै सभामुख महराले भन्नुभयो, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानूनहरु कस्ता खालका बनाउनुपर्छ र कहाँ कहाँ संशोधन गर्नुपर्छ, तपाईहरुले मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।’
सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीहरुलाई सभामुख महराले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
काठमाडौंको कलंकीस्थित न्यू डायमण्ड स्कुलमा तीन दिनसम्म चलेको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड कपको उपाधि हात पारेको छ भने दोस्रो स्थान न्यू डायमण्ड क्लवले हात प्राप्त गरेको छ । त्यस्तै नेपाल पुलिसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३ लाख १ हजार, दोस्रो पुरस्कारको राशी २ लाख १ हजार, तेस्रो पुरस्कारको राशी १ लाख १ हजार र चौथो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको थियो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी