कुइभिर युवा समुहकाे सम्मान कार्यक्रम : मुलखबरका अध्यक्ष कार्कीलगायत सम्मानित

144 Hits

काठमाडौं, २९ पुस ।
मुलखबर मिडिया प्रालिका अध्यक्ष रामकुमार कार्की सम्मानित भएका छन् । कार्कीलाई कुईभिर युवा सांगीतिक समुहले काठमाडौंमा सम्मान गरेको हो ।

नेकपा ओखलढुंगाका नेता समेत रहेका कार्कीलाई राजनीतिमार्फत समाजसेवा गरेको र कुइभिर साँगितिक समुहको उन्नती र प्रगतिमा योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले बताएका छन् । सम्मान ग्रहण गर्दै कार्कीले सम्मानबाट आफूलाई राजनितिक सामाजिक क्षेत्रमा निरन्तर लाग्न थप प्रेरणा मिलेको बताएका छन् । उनले आफूलाई गरिएको सम्मान व्यक्तिगत रुपमा मात्रै नभई ओखलढुंगाका युवाहरुको साझा सम्म्मान भएको बताएका छन् ।

ओखलढुंगा कुईभिरका युवाहरूको सांगीतिक युवा समुहद्वारा राष्ट्रिय नाचघरमा अायोजित सम्मान तथा सांगितिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा अ‍ोखलढुंगाका प्रदेश शभाका माननिय अम्बिरबाबु गुरुङ रहेका थिए भने विषेश अतिथिका रूपमा पुर्वेलि तथा जनवादी बरिस्ठ गायक शम्भु राई सहभागी थिए ।

कार्यक्रममा राजनीतिक समाजिक क्षेत्रमा रहेर ओखलढुंगाका युवाहरूलाई सांगीतिक खेलकुद र बिभिन्न क्षेत्रमा प्रोत्साहन गर्न अार्थिक भौतिक बैचारिक सहयोग गरेकोमा कार्कीलाई सम्मान गरिएको जानकारी गराईएकाे थियाे । कार्यक्रमको सभापतित्व बबिन राईले गरेेेेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय तथा जनवादी कलाकार सहास राईले गरेका थिए । कार्यक्रममा कुईभिर सेवा समाज, दियाले युवा समुह र गत दशैको फुलपातिको दिन काठमाडौ बाट कुईभिर पुगि कार्यक्रम प्रस्तुत गर्नेे कलाकारहरूलाई समेत सम्मान गरियो थियो ।

कार्यक्रममा गायक शम्भु राई लगायतका कलाकारले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो भने ओखलढुंगाकै युवा तथा राष्ट्रिय कलाकार सुबोध गौतमले हास्यब्यङ्ग र क्यारिकेचर गर्नु भएको थियोे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी