यी ठाउँमा बन्दैछन् काठमाडौंका चार कुनामा स्मार्ट सिटि

97 Hits

काठमाडौं, २९ पुस –

काठमाडौं उपत्यकाको चार कुनामा आगामी पाँच वर्षमा चारवटा नयाँ शहर निर्माण गर्न छानिएको परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट बुझाएको छ । सरकारले २०७४ साल २५ बैशाखमा राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसबेला मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यकाको चारवटै कुनामा चारवटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । सरकारको निकै महत्वकाँक्षी कामका रुपमा रहेको यस आयोजना आगामी ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

पाँच वर्षमा शहर नै तयार पार्नेगरि काठमाडौ उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको छ । प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले स्मार्टसिटी निर्माणका लागि सम्भाव्यता र स्थलगत रिपोर्ट तयार भइसकेको जानकारी दिए । उनले अहिले परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट प्राधिकरणलाई बुझाइसकेको बताए । चारवटै स्मार्ट शहरकालागि आगामी असार मसान्तसम्म डिपिआर तयार पार्ने गरि काम भइरहेको उनको भनाई छ ।
प्राधिकरण प्रमुख आयुक्त तिवारीले यस नयाँ स्मार्टसिटी अहिले भइरहेको भन्दा व्यवस्थित, सुविधासम्पन्न र सहज हुने बताए । उनले यी सहरमा उपलब्ध हुने सुविधाको ‘स्मार्टपन’को कुनै सीमा नभएकाले नयाँ सहर भनिएको बताए । उनले यी सरहमा विश्वमा उपलब्ध सबै सुविधा पाइने जानकारी दिए ।

प्राधिकरणका अनुसार डिपिआर तयार भएपछि मन्त्रीपरिषदबाट स्विकृत गरिनेछ । त्यसपछि शहर निर्माणको काम अघि बढ्ने छ । प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनले चार वटा शहर विकास गर्नका लागि १० अर्ब रुपैयाँ लाग्ने देखाइएको छ । सरकारले बजेट व्यवस्थापन गरे काम सुरु गरेको तीन वर्षमा शहरको स्वरुप तयार पार्न सकिने छ । पूर्ण रुपमा शहरी पुर्वाधार विकास गर्न भने आगामी पाँच वर्ष समय लाग्ने परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले देखाएको छ ।
परामर्शदाता कम्पनीले बुझाएको स्थलगत रिपोर्टमा व्यवस्थित ल्याण्डफिल्ड साइट, अस्पताल, बजार क्षेत्र, व्यवस्थित सडक सञ्जाल, बजार, औद्योगिक क्षेत्र, विद्यालय बैंक तथा वित्तीय संस्था लगायत स्मार्ट शहरभित्र समावेश हुने छ । अहिलेको काठमाडौंमा अस्तव्यस्त शहरीकरण बढेको भन्दै प्राधिकरणले व्यवस्थित शहरीकरणका लागि नयाँ शहर विकास गर्न लागेको हो ।

उपत्यकाको चार कुनामा १ लाख ३० हजार रोपनीमा चारवटा शहर विकास गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
यि चारवटै शहरलाई बाहिरी चक्रपथसँग जोडिने छ । प्राधिकरणका अनुसार पहिलो काठमाडौं इशानको डिपिआर निर्माणको काम फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले गरिरहेको छ । जसको स्थलगत रिपोर्ट तयार भइसकेको छ । अहिले डिपिआरको काम भइरहेको छ । एक वर्षअघिबाट सो कम्पनीले अध्ययनको काम सुरु गरेको हो । स्थलगत अध्यययनकालागि १८ महिनाको समायावधि पाएको थियो । प्राधिकरणका अनुसार, यो शहर १ लाख रोपनी क्षेत्रफलमा फैलने छ । यो शहर पूर्ण रुपले विकास गर्न लागिएका चारवटा मध्ये सबैभन्दा ठूलो हुनेछ । यो काठमाडौंको पुर्व उत्तर दिशामा विकास गर्न लागिएको हो । पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट, भन्ज्याङसम्म तथा पश्चिममा मुलपानी क्रिकेट स्टेडियमबाट मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुरसम्म फैलने छ । यसैगरि, उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलने छ ।

दोस्रो काठमाडौं आग्नेयको डिपिआर निर्माणको काम इमआरसि र एनइएसिटी एडी जेभीले गरिरहेको छ । पुर्व दक्षिण दिशामा विकास गर्न लागिएको यो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । यो पुर्वको अरनीको राजमार्गको सूर्य विनायक चोकदेखि मन्दिर हुँदै सुर्यविनायक चोक वनलाई बाहिर पार्दै निर्माण हुनेछ । पश्चिममा खहरेखोला, बालकोट, विरुवा सडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालाई छुनेछ । यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म फैलने छ । दक्षिणमा भक्तपुरको सिलागाल, रानीकोट, फेदी तर्खथाल पात्लेश्वर हुँदै खहरे पुग्छ ।

तेस्रो काठमाडौं नैऋत्य शहरको पनि डिपिआर निर्माणको काम इमआरसि र एनइएसिटी एडी जेभीले गरिरहेको छ । दक्षिण पश्चिम दिशामा विकास गर्न लागिएको यो शहर १० हजार रोपनी क्षेत्रफलमा नै फैलिने छ । यो ललितपुरमा निर्माण हुनेछ । पूर्वमा छ्यासिकोट देखि साविकको सैबु गाविसको सिमाना हुँदै फर्सिडोल बागमती नदीको झोलुङगे पुलसम्म पुग्नेछ । यसैगरि, पश्चिममा बागमती नदिको सिमानासम्म तथा दक्षिणमा बागमती नदिसम्म फैलिने छ । चौथो काठमाडौं उत्तरमा निर्माण हुने स्मार्ट शहर रहेको छ । यो शहर पनि १० हजार रोपनी क्षेत्रफलमा विकास हुने छ । पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाईपास पुग्नेछ । पश्चिममा काभ्रेस्थलीदेखि बाईपास जाने मुल सडक छुनेछ । उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थलितिर जाने छ । दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हँुदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुल छुने छ । प्राधिकरणको लक्ष्य अनुसार पहिलो स्मार्ट सिटी काठमाडौको मुलपानीदेखि खरिपाटीसम्म फैलिएको हुनेछ ।

सरकारी योजना अनुसार काम अघि बढे अब केही वर्षमै काठमाडौं उपत्यकाका चार कोणमा अत्याधुनिक नयाँ सहर बन्नेछन् । कसैले तिनलाई नयाँ सहर र कसैले ‘स्मार्ट सिटी’ नामाकरण गरेका छन् । जहाँ हालसम्म विश्वमा उपलब्ध सबैखाले सहरी सुविधा र सूचना प्रविधिको उच्चतम प्रयोग हुने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले १ लाख ३० हजार रोपनी क्षेत्रफल ओगट्ने गरी यस स्मार्ट सिटीको अवधारणामा चार नयाँ सहरको अवधारणा अघि बढाएको हो । यी सहरमा उपलब्ध ‘स्मार्ट’ सुविधाको कुनै पनि सीमा नभएकाले नयाँ सहर नामाकरण गरिएको प्राधिकरको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी