दाेर्दीमा घुम्ती शिविर : १२९ नागरिकता वितरणसहितका सेवा, सेवाग्राही खुशी

91 Hits

लमजुङ, २८ पुस –

जिल्ला प्रशासन कार्यालय लमजुङकाे अायाेजनामा दाेर्दि गाउंपालिकाकाे वडा नं ७ फलेनीकाे दारिमबाेट गाउँमै पुगी १२९ नागरिकता वितरण गरिएकाे छ । शनिवारका दिन अायाेजना गरिएको एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण, सँस्था नविकरण र स्वास्थ्य सेवा प्रदानलगायत गरिएको हाे ।

नागरिकता वितरण गर्दै प्रजिअ ढकाल

प्रमुख जिल्ला अधिकारी झंक ढकालका अनुसार शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ८२ जनालाई नयां नागरिकता र ४७ जनालाई प्रतिलिपी नागरिकता गरि जम्मा १२९ वटा नागरिकता वितरण गरिएकाे छ भने २ वटा जनजाति सिफारिस गरिएकाे छ १ जनाकाे व्यक्ति एउटै भएकाे सिफारिस गरिएकाे छ, १ वटा संस्था नविकरण गरिएकाे छ । यस क्रममा जिल्ला निर्वाचन कार्यालयबाट ११९ जनाकाे फाेटाे सहितकाे मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे छ । काेष तथा लेखा नियन्त्रक कार्यालयबाट १ वटा नयां मदिरा विक्री वितरण इजाजतपत्र जारी गरिएकाे छ भने १ जना सेवाग्राहीकाे पेन्शनकाे हिसाब मिलान गरिएकाे छ । घरेलु तथा साना उद्याेग विकास समितिबाट ८ वटा उद्दाेग र ५ वटा वाणिज्य दर्ता सेवा प्रदान गरिएकाे छ । दाेर्दी गाउंपालिकाकाे स्वास्थ्यबाट जम्मा ६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएकाे छ ।

शिविरमा दाेर्दी गाउंपालिकाकाे अायुर्वेद शाखाबाट १०५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएकाे छ । कृषि ज्ञान केन्द्रबाट २३३ सेट तरकारी बीउ वितरण(करेला, घिराैला, बाेडी, सिमी, रामताेरीया ) र परामर्श सेवा प्रदान गरिएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट १२८ घरधुरीका १२९३ पशुवस्तुलाई अाैषधी वितरण र परामर्श सेवा प्रदान गरिएकाे छ । नेपाल टेलिकमबाट ४५ वटा प्रिपेड सिमकार्ड र २ वटा पाेष्टपेड सिमकार्ड वितरण गरिएकाे छ ।

त्यसैगरी लमजुङ उद्दाेग वाणिज्य संघबाट १० वटा पान नम्वर जारी गरिएकाे छ । डिभिजन वन कार्यालयबाट ५८ सेवाग्राहीलाई २३२ जानकारीमूलक प्रचार प्रसार सामग्री वितरण गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट अपराध न्यूनिकरण सम्बन्धि ५०० भन्दा बढी जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरिएकाे छ । यस क्रममा जिल्ला हुलाक कार्यालयबाट टिकट सहितकाे सेवा प्रदान गरिएकाे छ । जनता बैक बाट ६ जनाकाे खाता खाेली बैंकिङ सम्बन्धि परामर्श सेवा प्रदान गरिएकाे छ ।

सेवाग्राहीहरू सेवा लिँदै

सदरमुकामबाट टाढा दुर्गम क्षेत्रका जनसमुदायलाई घरदैलाेमा नै पुगेर सेवा दिने उदेश्यले अायाेजित एकीकृत घुम्ती सेवा शिविरमा जनताकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । सडककाे कमजाेर अवस्थाका कारण यातायातकाे असुविधा, सदरमुकामसम्म अाइ सेवा लिन जाेहाे गर्नुपर्ने खर्च समेतका कारणले वर्षाैदेखि नागरिकता प्राप्त गर्न नसक्नु भएका खासगरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, भेडी गाेठमा काम गर्ने व्यक्तिले समेत सेवा प्राप्त रेका थिए । सेवाग्राहीले अाफूहरूले घर गाउँमै सेवा पाएकाेमा खुशी व्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले शिविरमा सहभागी कर्मचारीहरू खुशीसाथ सेवामा सरिक भएको बताउँदै सबै कर्मचारी साथीहरूमा समेत छुट्टै खुशी,उर्जा र उत्साह देखिएकाे बताए । उनले जाडाेकाे समयमा दुर्गम क्षेत्रमा एकीकृत रूपमा सेवा प्रदान गर्ने कार्य त्यति सहज नभएतापनि लगभग ६० जनाका लागि उत्कृष्ट हस्पिटालिटी अनि कार्यक्रमकाे समग्र व्यवस्थापनमा अहाेरात्र खट्नु हुने दाेर्दी गाउंलिकाका अध्यक्ष अाेम बहादुर गुरूङ, उपाध्यक्ष डिल बहादुर घले प्रमुख प्रशासकिय अधिकृत विजयराज पाैडेल ६ नं वडाका वडा अध्यक्ष नन्द राज घले ७ नं वडाका वडा अध्यक्ष प्रेम बहादुर गुरूङ, ८ नं वडाका वडाध्यक्ष तुल बहादुर घले र कार्यपालिका सदस्यहरूलाई धन्यवाद दिएका छन् । उनले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारिहरूकाे टिम, अहाेरात्र खटिने प्रहरी चाैकी श्री मज्याङका सम्पूर्ण प्रहरी कर्मचारी साथीहरू र स्थानीय जनसमुदाय धन्यवादका पात्र भएको बताए । उनले निरन्तर सेवामा खटिनुहुने र सदरमुकाममा नै रहेर अभिलेख भिडानमा सहयाेग गर्नुहुने सम्पूर्ण कर्मचारीमा धन्यवाद र अाभार व्यक्त गरेका छन् । शिविरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकाल, सशस्त्र प्रहरी वलका प्रमुख दिपक बहादुर बलामी र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय लमजुङका प्रमुख सुरेश कुमार तिवारीलगायतकाे सहभागिता रहेकाे थियाे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का