निजगढ विमानस्थलले गति लियो, ३१ विमानस्थल भए कालोपत्रे

83 Hits

काठमाडौं, २८ पुस ।
बहुचर्चित र बहुप्रतिक्षीत निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणले गत लिएको छ । विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको दावी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरेको छ ।

विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले बताए ।

काठमाडौँ–मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको बताएको हो ।

भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो ।

हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।

प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै, निर्माणाधीन पाँच विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

एकतीस विमानस्थल भए कालोपत्रे

हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आर्थिक वर्षमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक थप पाँच विमानस्थलः

लामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी चार वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला ९वाइड बडी० र छ वटा साना ९न्यारोबडी० गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ ।

विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ ।

धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु

अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

विमाानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरीद सम्र्झौता सम्पन्न भइसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी