अन्तत: फुट्याे रबीन्द्रकाे पार्टी, थापाले बनाए पुरानै दल

33 Hits

काठमाडौं, २८ पुस –

दुई पार्टीबीच पार्टी एकता भएको १७ महिना बित्न नपाउँदै विवेकशील साझा पार्टी फुटेकाे छ । पार्टी एकीकरण गरी नयाँ राजनीतिक दलको रुपमा उदाएर प्रदेशसभा सदस्य निर्वाचनमा तीन सिट जित्न सफल यो पार्टी शुक्रबार विभाजित भएर दुई चिरा भएको हाे । 

पार्टीमा रवीन्द्र मिश्र र उज्जल थापा दुईजना संयोजक रहेकामा थापाले पुरानो विवेकशील नेपाली दलकै नामबाट निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलले नयाँ दल दर्ताका लागि निवेदन दर्ता भएको जानकारी दिए । 
साझा पार्टीका कुल ३७ केन्द्रीय सदस्यमध्ये १६ जनाले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जानकारी विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शनाले दिएकी छन् ।

उनका अनुसार, तीन प्रदेशसभा सदस्यमध्ये विराजभक्त श्रेष्ठ र रमेश पौडेल नयाँ दलमा रहेेेका छन् । नेतृ दर्शनाले सैद्धान्तिक रुपमै कुरा नमिलेपछि पार्टी एकता गर्नु पूर्वकै अवस्थामा आफ्नो दल फर्किएको बताईन् । 
उता विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले एक वक्तव्य जारी गर्दै केही सदस्यहरुले आयोगमा दल दर्ता गराएको विषयमा आश्चर्य प्रकट गरे ।

उनकाे वक्तव्यमा भनिएको छ, ‘पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुने छ, सम्पूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरु तथा सम्पूर्ण पार्टी सङ्गठनहरु नियमित रुपमा क्रियाशील रहनेछन् । यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुने छ भन्ने हाम्रो विश्वास छ ।’

राजनीतिक दल र नेताहरूलाई अालाेचना गरि नयाँ दल बनाएका रबीन्द्र मिश्रले पार्टी सञ्चालनमा एकलाैटी गरेकाे लगायतका विभित्र ७ अाराेप लगाउँदै थापाले अाफ्नाे नेतृत्वमा पुरानै दल दर्ता गराएका हुन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी