मकवानपुरमा बीजुलीका ३५ हजार काठको पोल फेर्नुपर्ने

80 Hits

हेटौडा, २७ पुस ।

मकवानपुर जिल्लाभर करिब ३५ हजार काठको विद्युतीय पोल फेर्नुपर्ने देखिएको छ। नेपाल विद्युत् प्राधिकरण हेटौंडा शाखाका अनुसार जिल्लाका विभिन्न वडा तथा गाउँपालिका तहबाट आएको माग अनुसार ३५ हजार काठको पोल विस्थापन गर्नुपर्ने देखिएको हो।

प्राधिकरणका केन्द्र प्रमुख शम्भु कुसियतका अनुसार यस विषयमा प्रदेश तथा संघीय तहमा जानकारी गराइसकिएको छ। गाउँगाउँमा विद्युत् विस्तार भएसँगै अहिले लो भोल्टेजको समस्या सिर्जना भएको छ। जसको कारणले गर्दा अहिले पोलसँगसँगै तत्काल ट्रान्सफर्मर समेत फेर्नुपर्ने देखिएको छ। कतिवटा ट्रान्सफर्म फेर्नुपर्ने हो। त्यस विषयमा हामीले तथ्यांक संकलन गरिरहेको छौं।’, उनले भने। उनका अनुसार हाल प्राधिकरणले निवेदन दिएसँगै विद्युतीय लाइन जोड्दा लो भोल्टेजको समस्या सिर्जना भएको हो।

उनका अनुसार हाल प्राधिकरणले जिल्लाभर दुई महिनासम्म मासिक विल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्ने अभियानलाई समेत तीब्र रुपमा अगाडि बढाइरहेको छ। प्राधिकरणले हाल मकवानपुरको पूर्वीक्षेत्र अन्तर्गत् बकैया र बागमी गाउँपालिकामा यस अभियानलाई सञ्चालन गरिरहेको छ। प्राधिकरणका केन्द्र प्रमुख यादवकाअनुसार चुहावट नियन्त्रण र लाइन काट्ने अभियानलाई जिल्लाभर सञ्चालन गरिनेछ। यस अभियान अन्तर्गत् हाल दैनिक एक दर्जनभन्दा बढीको लाइन काटिएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी