शिक्षण अस्पतालका आवाशीय चिकित्सक आन्दोलनमा, पारिश्रमिक नदिए काम नगर्ने चेतावनी

125 Hits

काठमाडौँ । त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत शिक्षण अस्पताल महाराजगंजमा कार्यरत आवाशीय चिकित्कसहरु आन्दोलनमा उत्रिएका छन् । बिगत आठ महिनादेखि पारिश्रमिक तथा जीवन निर्वाह भत्ता नपाएको भन्दै अस्पतालका करिव २ सय भन्दा बढी आवाशीय चिकित्सहरु आन्दोलनमा उत्रिएका हुन् ।

देशमै सेवा गर्न चाहाने चिकित्सकलाई निरुत्साहित गर्ने उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालय अघि बढेको उनीहरुको आरोप छ । आफुले काम गरेवापत सम्झौता भएअनुसार पारिश्रमिक नपाएको खण्डमा काम नै छोड्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयकोे छात्रबृति परिचालन निर्देशिका एकतर्फी रुपमा ल्याइएको र छात्रबृति पाएर स्नातकोत्तर अध्ययन गरिरहेका बिद्यार्थीहरु प्रति निर्देशिका पूर्वाग्रही रहेको ‘राष्ट्रिय आवाशीय चिकित्सक संघ’ले त्यसको भत्र्सना गरेको छ । गत असार १२ गते सचिवस्तरबाट निर्णय भई बनेको कार्याबिधी मस्यौदा समितीबाट करार अवधी दुई वर्ष बढाउने सम्झौता भएको थियो । तर त्यो सम्झौता कार्यान्वयन नभएको आवाशीय चिकित्सकको आरोप छ ।

“हामीले आठ महिनादेखि पारिश्रमिक पाएका छैनौ, पारिश्रमिक नपाएका कारण काम प्रति नै बितृष्णा उत्पन्न भएको छ”-आन्दोलनरत एक चिकित्सकले बताए । स्वास्थ्य मन्त्रालयले आवाशीय चिकित्सकका माग पुरा नगरेको खण्डमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने राष्ट्रिय आवाशीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुमित पाण्डेले जानकारी दिए । उनले भने, -“आफ्नै स्वदेशमा बिरामीको सेवा गर्न चाहाने हामी जस्ता इमान्दार र कर्मठ चिकित्सकमाथि स्वास्थ्य मन्त्रालयले बिभेद र अन्याय गरेको छ । हामीले न्याय नपाए सम्म आन्दोलन जारी राख्छौँ ।”

आवाशीय चिकित्सकहरुले बिरामीबाट चन्दा उठाएर मन्त्रालयको कदमको बिरोध गरेका छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी