हेटौंडाका पत्रकार ढकालकाे मृत्युु : दुर्घटना कि हत्या ?

69 Hits

हेटौंडा, २६ पुस –

पत्रकार मनोहर ढकालको निधन भएको छ । उनको मोटरसाईकल दुर्घटनामा परि निधन भएको अनुमान गरिएपनि के कारणले उनको निधन कुनै दुर्घटनाबाट भएकाे हाे कि हत्या वा अन्य कारणले भएको हो भन्ने पुष्टी अझै हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार उनी बुधबार साँझ हेटौंडाको भैरवडाँडामा अचेत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा सामान्य चोट लागेको थियो टाउकोबाट केहि रगत बगिरहेको थियो तर शरिरमा खासै ठूलो चोट भने लागेको थिएन ।

मृतक ढकाल

ढकालको निधन दुर्घटनाबाट भएको नहुन सक्के अनुमान उनका परिवार र आफन्तले लागाएका छन् । दुर्घटनामा परेका मानिसको शरिरमा खासै ठूलो चोट नलाग्नु शरिरका अन्य भागमा केहि चोट नलाग्नु, कपडा कतै पनि नच्यातिनु जस्ता विषयले दुर्घटनाको संकेत नगरेको उनको आफन्तको भनाई छ ।

प्रहरीले उनको घटनाको विषयमा अनुसन्धान भएपछि मात्रै आफुहरुले यस कारणले मृत्यु भएको हो भन्ने जानकारी दिने बताएको छ । अहिले केहि भन्न नसकिने प्रहरीको जानकारी छ ।

उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम रिर्पोट पश्चात मात्रै घटनाको विषयमा थप जानकारी मिल्ने अस्पताल स्रोतको जानकारी छ । उनको पोष्टमार्टम विहिबार बिहान ८ बजेहुनेछ ।

काे हुन् ढकाल ?

हेटौंडाको नवलपुरमा परिवारसहित बस्दै आएका ढकालले मकवानपुरको सञ्चार क्षेत्रमा एक दशकभन्दा बढी समय विताएका छन् । मकवानपुरको शक्ति एफ एम, रेडियो पालुङ् हुँदै अहिले उनी रेडियो अनमोलमा आबद्ध थिए । उनी पदमपोखरीको पान्तलेस्थित बुद्ध माविमा शिक्षण समेत गर्छन् । उनको श्रीमती र २ जना बालबच्चा छन् । उनी र उनका परिवार हाल नवलपुरमै छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी