युएईकाेे अाबुधाबीमा १ सय ५० नेपाली अलपत्र, बिरामीले उपचारसमेत पाएनन्

43 Hits

काठमाडौं, २६ पुस-

परिवारकाे लालन पालन र अाफ्नाे सुन्दर भविष्यकाे खाेजिमा भाैतारिँदै बैदेशिक राेजगनरीकाे सिलसिलामा यूएईको आबुधाबी पुगेका १ सय ५० जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेका नेपालीहरू यति समस्यामा छन् कि बिरामी हुँदा उपचारसमेत पाएका छैनन् ।

अावुधाबी

आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका हुन् । तीमध्ये डेढ सयजना नेपाली छन् ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् । 

‘एउटै कोठामा २१ जनासम्म सुतिरहेका छौँ, क्याम्पको दोस्रो तल्लामा नेपालीहरु छौँ’ कन्चनपुरका गणेश सिंह महराले भन्नुभयो, ‘कतिपय क्याम्पभन्दा बाहिर साथीभाइको सहयोगमा बसिरहनुभएको छ ।’ बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ । 

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । ‘केहीले ९ महिना र अरुले ६ महिनाको तलब पाएका छैनौं’ कम्पनीमा ५ वर्ष पहिलेदेखि कार्यरत नवलपरासीका मिनबहादुर जिसीले बताए । 

अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका वीरगन्जका मकुन पट्टेलले बताउनुभयो । १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् । 

९ महिनादेखि तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसेबापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।      

‘मासिक तलब पाएनौं, मुद्दा गर्यौँ, गएको असोज १८ गते आबुधावीको नेपाली दूतावासमा पुगेर समस्याबारे मौखिक जानकारी गराएका थियौं, अहिलेसम्म कुनै पहल भएन’ झापा ८ भद्रपुरका नारायण गुरुङले भने । मौखिक जानकारी गराउँदा पहल नभएपछि एक हप्ता पहिले लिखित निवेदन दिएर दूतावास धाइरहेको पीडितहरुले बताएका खबर उज्यालाेले प्रकाशन गरेकाे छ । 

Loading...

Related News

ओमन बेच्न लाने तयारी गरिरहेको अबस्थामा ९ महिलाको एनआरएन युएईको पहलमा उद्धार

युएइ, २ फागुन । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएन युएईको पहलमा उद्दार गरी नेपाल पठाइएको…

दुबई जाने कामदारमाथि ४५ सय रुपैयाँ थप आर्थिक भार !

वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थय ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ। दुबई सरकारले रोजगारीका लागि आउने विदेशी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी