मन पर्याे भन्दैमा अाची पनि बास्ना अायाे भन्ने ?

79 Hits

-हिमाल पुन मगर-

एउटा नेपाली उखान छ (मन नपरेको मान्छेको सास  गनाउँछ मन परेको मान्छेको फलानो पनि बसाउँछ) भन्ने कुराकाे याे साेसल मिडियामा चरितार्थ भएको छ । रवि लामिछानेकाे प्रसंसकहरूमा याे प्रष्टै देखिएको छ ।

यहाँनिर प्रसंसक नभनाै किनकि सच्चा प्रसंसकहरु सहि र गलत छुट्याउन सक्छन् तर अन्धभक्तहरुले छुट्याउन सक्दैनन् त्यसैले अन्ध भक्त भनाै क्यारे । हामी नेपालीहरु मन परेको मान्छेको हरेक कुराहरू ठिक भन्छाै याे कस्तो विडम्बना हाे ? मन पर्‍यो भन्दैमा रवि लामिछानेले जे गरेपनि ठिक ? कस्तो हाँस्यास्पद कुरा हाे याे ? हामी नेपालीहरू यतिसम्म भेडा रहेछाै कि अाफ्नाे अगाडिकाे जहाँ हाम फाल्छ सबै हाम फाल्ने गलत ट्रेन नेपालीमा सर्बत्र छ । हामी नेपालीहरु सहि र गलत छुट्याउनै नसक्ने कसरी यस्तो भयौं  ? रवि लामिछानेका राम्रो कामको त प्रसंसा गर्नु स्वभाविक नै हाे तर उनलेे गरेका कमि कम्जोरीहरू पनि सबै ठिक हाे भनेर उनको पूर्व पत्नीलाई गाली गर्नु कहाँसम्मको महानता हाे ? याे कस्तो साेच हाे ? याे त अन्धभक्तिकाे पनि हदै हैनर ?  रविका प्रसंसक हाेइनन् अन्धभक्त हुन् तिनलाई म प्रश्न गर्न चाहन्छु के तपाईंको श्रीमान वा श्रीमतीले जतिजनासँग अनैतिक सम्बन्ध राखेर हिँडेपनि तपाईंलाई जायज लाग्छ ? अथवा तपाईंले मान्नु हुन्छ ? एकपटक हनुमाने प्रबृत्तिलाई त्यागेर असल नेपाली भएर साेच्नुस् त ?
 साेसल मिडियामा गति छाडेर नानाथरी गाली गलाैज गर्ने मान्छेहरू मान्छे हुन् या पशु ? छुट्याउनै गाह्राे भयाे । कुनै पनि बिषय गहिरिएर नबुझीकनै अश्लील शब्दहरू प्रयोग गरेर गाली गर्ने ट्रेन यसरी बढेको छ कि जसकाे सिमा नै छैन । कतिपय शब्दहरू त अाफ्नाे परिवारसँग सँगै बसेर पढ्नै नसकिने शब्दहरु प्रयोग गरिएका हुन्छन् । ती शब्दहरु हेरिसकेपछि मनमा प्रश्न उठ्छ के यिनीहरू अाफ्नाे चेलीबेटी अामा बुबासँग पनि यस्तै शब्द बाेल्छन् ?

हनुमानगिरी बन्द गराै

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी