स्वस्थ्य आलोचना गरौं, मन्त्रीलाई काम गर्न दिऔं

57 Hits

काठमाडौं, २४ पुस

केही समयअघि मेलम्ची ठेकेदारले बहाना बनाएर भाग्न खोजेपछि खानेपानी मन्त्रालय निकै चर्चामा आयो । समाचार आएलगत्तै खानेपानी मन्त्रीले ठेकेदार कम्पनीलाई विदेश भाग्नबाट रोकिन । यो तत्कालमा लिइएको एकदमै सही निर्णय थियो ।

त्यतिखेर उनीहरु भागेको भए मेलम्ची त्यत्तिकै अलपत्र पथ्र्यो । तर, खानेपानी मन्त्रालयले एकातिर उनीहरुको पासपोर्ट जफत गर्यो भने अर्कोतर्फ इटाली सरकारसँग कुटनीतिक सम्वाद अघि बढायो । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर सोही अनुरुपको ठोस निर्णय गरेकै कारण इटालीको भारतस्थित दूतावासबाट प्रतिनिधि नेपाल आए ।

उनीहरुको जमानीमा ठेकेदार कम्पनीका भाग्न लागेका व्यक्तिहरुलाई पासपोर्ट फिर्ता दिइयो मेलम्चीको काम अलपत्र नपार्ने शर्तमा । मन्त्री मगरको आलोचना गर्नेहरुको अनुसार, यदि मन्त्री मगरले सही किसिमले निर्णय गर्न नसक्ने भए यो अवस्था आउने थिएन ।

त्यस बीचमा ठेकेदार कम्पनीको धरौटी रकम जोगाउन मन्त्री मगर लागिन् । यो अर्को महत्वपूर्ण कदम थियो । ठेकेदार कम्पनीले क्रिसमसको विदा सकेर फेरि काम गर्न आउने बताए पनि उसले यस प्रकारको बहाना बारम्बार गरेकाले यो पत्याहाल्ने अवस्था थिएन । त्यसैले सबैभन्दा पहिलो काम नेपाल सरकारले आफ्नो पक्ष बलियो पार्ने हुन्थ्यो । बिभिन्न पक्षसँग सल्लाह गरेपछि मन्त्री मगरले बैंकलाई ठेकेदारले राखेको बण्ड अर्थात् धरौटी रोक्का गर्न पत्राचार गर्न लगाइन् ।

बैंकले आनाकानी गर्यो र उता ठेकेदारले सरकारको निर्णयविरुद्ध पुनरवादेन अदालत पाटनमा मुद्दा हाल्यो, धरौटी जफत गर्न मिल्दैन भनेर । तर, धरौटी सुरक्षित राख्नु मन्त्रालयका लागि निकै ठूलो र महत्वपूर्ण कदम थियो । ठेकेदारले कतिसम्म तयारी गरेको थियो भने शुक्रबारका दिन ढिला मुद्दा दर्ता गरेको थियो र अदालतले आइतबार जवाफ दिन मन्त्रालयलाई बोलाएको थियो । जटिल प्रकृतिको यो घटनामा एकदिनमा सबै पक्ष अध्ययन गरेर पेशीमा बोल्नुमा त्यति सजिलो काम थिएन ।

अब केही गर्न सकिन्न भन्ने सोचेको भए आइतबार सरकारले दरिलो प्रस्तुति दिनसक्ने अवस्था थिएन । तर, मन्त्री मगरले सोही दिन अदालतको सूचना पाउने बित्तिकै मेलम्ची परियोजना र मन्त्रालयका उच्च पदाधिकारीसँग गम्भीर छलफल गरिन् । शनिबारका दिन कसैले विदा नलिने बरु ठेकेदारलाई दिएको भुक्तानी, बैंकमा रहेको रकम, लगायतका सबै वित्तीय पक्षबारे पूर्ण अध्ययन गरेर एउटा ठोस निष्कर्ष निकाल्न भनिन् । यो तयारी भएमात्रै अदालतमा जित्न सकिन्थ्यो

आइतबारका दिन अदालतले ‘स्टे अर्डर’ जारी गर्यो । त्यसले मन्त्रालयलाई केही समय थप छलफल र गृहकार्य गर्ने वातावरण बन्यो । यसै बीचमा मन्त्री मगरले लामो छलफल र अध्ययनपछि गत २६ गते भएको सुनुवाइमा मन्त्रालयका तर्फबाट बलियो तर्क प्रस्तुत गर्ने वातावरण बनाउन सकिन् । जसको फलस्वरुप अदालतले यसअघि जारी गरेको स्टेको अर्डर खारेज गर्यो र मन्त्रालयले २ अर्ब बढी रकम सुरक्षित राख्न सफल भयो ।

सम्भवतः मन्त्री मगरको यही चातुर्यता र परिस्थतिको विश्लेषण गर्न सक्ने क्षमता देखेर नै होला, गत साता एउटा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मेलम्चीमाथिका सबै आलोचना खारेज गरे । उनले जापानी रेलजस्तै मेलम्ची अघि बढने र अहिलेको सरकारले गरेको प्रगतिलाई विगत २७ वर्षको प्रगतिसँग गर्न तुलना गरे । यो त्यत्तिकै सम्भव भएको उपलब्धि थिएन ।

खानेपानी मन्त्री बिना मगर मन्त्री बनेकै दिनदेखि उनलाई असफल बनाउन धेरै तत्वहरु सक्रिय भएको अहिले स्पष्ट देखिएको छ । यी शक्तिहरु पार्टीभित्र, पार्टीबाहिरका रहेको अहिले खुलेको छ । यसबाट उनलाई असफल पार्ने, घेराबन्दीमा पार्ने र उनको राजनीतिक करियर समाप्त पारेर उनका ससुरा अर्थात नेकपा अध्यक्ष प्रचण्डलाई नै अन्ततः प्रहार गर्ने षडयन्त्र रहेको अहिले झनै स्पष्ट भएको छ ।

कुनै पनि व्यक्ति पूर्ण हुँदैन । कसैले पनि सबैथोक जानेको हुँदैन । त्यो अर्थमा खानेपानी मन्त्रीसँग अनुभवको कमी पक्कै पनि थियो होला । तर, व्यक्तिमा उत्तरदायी भावना र इमान्दारीता भयो भने अनुभव भन्ने कुरा काम गर्दै जाँदै आफै हासिल हुने कुरा हो । बिना मगरलाई पनि यही रुपमा बुझ्नु पर्दछ । उनले मन्त्रालयमा जे जसरी कामहरु अघि बढाउन खोजिन्, त्यसका पछाडि सतर्कता पहिलो शर्त थियो । असफल पार्न सक्छन्, कम अनुभवका कारण गल्ती गर्यो भन्न सक्छन् भन्नेतर्फ मन्त्री बीनाको मुख्य ध्यान गएको देखिन्छ ।

यो कारणलाई कतिपयले असफलताको अर्थमा पनि लिएको हुनसक्छ । तर समय क्रमसँगै निरन्तर अघि बढने अठोटले अहिले मेलम्ची मात्रै होइन, अन्य कामहरुसमेत एउटा गोरेटोमा अघि बढने अवस्थामा पुगेका छन् । त्यसैले आलोचनाको संस्कृतिले केही पनि प्राप्त हुँदैन । सिर्जनात्मक आलोचना अहिलेको आवश्यकता हो । यो काुरामा सबैले ध्यान दिनु जरुरी छ । आउनुस, स्वस्थ्य आलोचना गरौं, मन्त्री बीना मगरलाई काम गर्न दिऔं । – लोकपाटीबाट

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी