रोल्पाको जुतुङ खोलामा बस दुर्घटना हुँदा २ को मृत्युु

55 Hits

मानसिंह विश्वकर्मा
रोल्पा, २३ पुस –
रोल्पामा यात्रुु बस दुर्घटनामा २ जनाकाे ज्यान गएको । सुलिचौरबाट सिर्पतर्फ गइरहेको आर्शिवाद यातायात सेवा समितिको ग. १ ख ५५११ नम्बरको बस साेमबार सााँझ करिव ६ः१० मा लुंग्री गाउँपालिका वडा नं. ३ जुतुङखोलामा बस दुर्घटनामा परी चालकसहित एक जना बालकको मृत्यु भएको हाेे । दुर्घटनामा ४ जना गम्भीर घाईते समेत भएकाा छन् ।
सो बस दुर्घटनामा चालक प्यूठान सारी ५ का २४ वर्षिय नमराज आले र लुंग्री गाउँपालिका ३ जुतुङखोलाका ११ र्विर्यय बालक नितेश विश्वकर्माको मृत्यु भएको सुनिलस्मृति गाउँपालिका स्वास्थ्य विभाग प्रमुख मोति आलमले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त बस

दिउसो सुलिचौरबाट जुतुङखोला तर्फ गइरहेको बस एक्कासी सडकबाट करिव १०० मिटर तल खसेको थियो । घाईतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लिएर उपचार गरिरहेको र अन्यलाई उद्धारको काम भइरहेको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

इलाका प्रहरी कार्यालयबाट उद्धारका लागि टोली परिचालन गरिएको छ । सुलिचौरबाट अलि टाढा र रात परी सकेकोले उद्धार कार्यमा कठिनाई भएको इलाका प्रहरी कार्यालय रोल्पाले बताएको छ । नेपाल प्रहरी, स्थानीयबासीहरुले उद्धार गरिरहेको स्थानीयबासी पवित्रा खन्काथोकीले जानकारी दिनुभएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी