अाँखा अस्पतालमा पहिलेभन्दा धेरै सुधार भएछ – मन्त्री अर्याल

123 Hits

काठमाडौं, २३ पुस – नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हलको स्तरोन्नती गरिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्री पद्मा अर्यालले सोमबार एक कार्यक्रमकाबिच नयाँ ओपिडि हलको उद्घाटन गर्नुभएकाे हाे ।

उहाँले अस्पतालको अवलोकनपछि पत्रकारहरुसंग कुरागर्दै आफुले पहिले स्वास्थ्यराज्यमन्त्री भएको अवस्थामा छड्के अनुगमनगर्दा अस्पतालको केही कमी कमजोरी पाएको स्मरण गराउदै अहिले भने अस्पतालले बिरामीको सेवासुविधालाई ध्यानमा राखेर धेरै सुधार गरेको बताउनुभयो ।


भूमिसुधार तथा व्यवस्था मन्त्री अर्यालले नेपाल आँखा अस्पतालले मात्र नभइ अन्य अस्पतालले पनि दुर दराजका जनतालाई उच्च स्तरिय सेवा दिनुपर्ने र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई गुणस्तरिय सेवा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले अस्पतालमा आँखा परिक्षण पनि गर्नुभएको थियो । यसैगरि अस्पतालले खर्च अभावमा कोही पनि आँखाका विरामी बिना उपचार घर फर्किनुनपर्ने बताउदै विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने गरेको बताएको छ । अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सेवा दिइरहेको जानकारी पनि गरायो ।
अस्पतालले आँखाको पर्दा सम्बन्धि शल्यक्रिया, कन्ट्याक्ट लेन्स सेवा, जलविन्दु, मोतिविन्दु सल्यक्रियालगायत आधुनिक प्रविधिसहित सेवा दिइरहेको जानकारी दिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी