नारायणगढमा पहिलाेपटक रेस्लिङ अायाेजना

95 Hits

चितवन, पुस  –

नारायणगढमा पहिलोपटक रेस्लिङ अायाेजना गरिएकाे छ ।
पथवे ईभेन्ट म्यानेजमेन्ट काे अायाेजनामा नारायणगढकाे कभर्डहलमा रेस्लिङ खेल अायाेजना गरिएको हाे ।

राष्ट्रिय खेलकुद परिषद् चितवनकाेे कभर्डहलमा  अायाेजित रेस्लिङ शाेले नारायढमा पनि रेस्लिङकाे क्रेज बढाउन सफल भएकाे छ । 

नेपालका पहिलो रेस्लर भरत बहादुर विशुराल सहितकाे सहभागितामा पुस २१ गते सम्पन्न रेस्लिङ खेलमा हिमालय टाईगर, मिस्टर यती लगायतका खेलाडि सहभागी थिए ।

विजेता हिमालयन टाइगर

पुरूषतर्फकाे  सेमि राेयल राेयल रम्बलमा साईनाइड, मिस्टर किंग काेब्रा, लिजर्डस् किंग, द वरियार, बाबा बुई, मिस्टर यति र अजिङ्गरले खेलेका थिए । ती मध्ये अन्तयमा मिस्टर यति र अजिङ्गरकाे भिडन्त भएकाे थियाे तर दुबै रिंग अाउट भएपछि खेलमा विजेता चयन हुन सकेन ।

राेयल रम्बलकाे महाभिडन्तमा सेमी राेयलबाट अन्तिममा रिंग अाउट भएका मिस्टर यति र अजिङ्गरले हिमालयन टाइगरसँग भिडन्त गरेका थिए । जसमा नेपालमै पहिलो रेस्लर हिमालयन टाईगर विजय भए ।

त्यसैगरि दाेस्राे चरणमा भएकाे थ्रि वे कर्नर खेलमा साईनाइड, किंग काेब्रा र  द वारियारबीच  भिडन्त भएकाे थियाे । जसमा द वारियारले विजय हासिल गरे ।

रेफ्रि गुणराज रूचाल र दिनेश जंग कुँवर

त्यसैगरि महिलातर्फकाे सेमी राेयल रम्बलमा मंगाेल सिस, लिलि, म्याग्नाेलिया, कन्काई, जुरेली र युनिका भिडेका थिए । जसमा युनिका विजयी भएकी थिईन् ।

टिम मेनेजर पदम लामा, खेलाडि मि. यति र रेफ्री गुणराज रूचाल


खेलमा सेमि रम्बलमा रेफ्रिकाे भुमिकामा गुणराज रूचाल र महाभिडन्तमा बरिस्ठ रेफ्री दिनेश जंग कुँवर रहेका थिए ।  कार्यक्रमकाे टिम म्यानेजर र संचालक रेस्लिङ एशाेसियसनका उपाध्यक्ष पदम लामाले गरेका थिए । 

खेलाडीहरू
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी