वाईड बडी विमान प्रकरणमा पर्यटन मन्त्रीले पत्रकार सम्मेलन गर्ने , राजिनामा अाउने सम्भावना

98 Hits

काठमाडौं, २२ पुस –

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा विवादमा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले साेमबार पत्रकार सम्मेलन गर्ने भएका छन्। 


वाइडबडी खरिदमा अनियमितता भएको र उक्त अनियमिततामा मन्त्री अधिकारीपनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकालेपछि पहिलोपटक मन्त्री अधिकारीले औपचारिक रूपमा धारणा सार्वजनिक गर्न लागेका हुन्। 

भ्रष्टाचारको अाराेप लागेपछि राजिनामा दिन अाएकाे सुझावलाई समेत मध्यनजर गरि मन्त्री अधिकारीले प्रधानमन्त्रीसँग अाईतबार साँझ बालुवाटारमा छलफल गरेका थिए ।

वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन्।

यस अघि बंगलादेशमा नर्सिङ अधययन गर्ने विद्यार्थी बारे बाेलेकाे विषयमा कानुन मन्त्री शेरबहादुर तामाङले राजिनामा गरेका थिए । अधिकारी लाई पनि भ्रष्टाचारको अाराेप लागेपछि नैतिकताको अाधारमा राजिनामा गर्न चाैतर्फी दबाब परेकाे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी