वाइड बडी विमान भ्रष्टाचार अाराेपी कंसाकारलाई कालाेमाेसाे

75 Hits

काठमाडौं, २० पुस –

वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। 

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए।

फाईल फाेटाे

पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंसाकारलाई कालोमोसो दलिएको उनले जानकारी दिए।

युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंसाकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्। 

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो। बैठकले भ्रष्टाचारीलाई कारवाही तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो। 

कंसाकारले विमान खरिदमा अनियमितता गरेकाे भनेर संसदकाे समितिले कारवाही सिफारिस गरेकाे थियोे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी