लेखनाथकाे स्टाटसले नेकपामा नयाँ बहस शुरू

766 Hits

काठमाडौं, २० पुस – पुर्व विद्यार्थी नेता तथा हाल नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्याैपानेले शुक्रबार विहान एउटा स्टाटस सामाजिक सन्जाल फेसबुकमा अपलाेड गरे ।

विभिन्न समाचारमाध्यमहरूमा अाईरहेका सरकार र मन्त्री, साँसदहरूका समाचार र प्रवृत्तिलाई उजागर र अालाेचना गर्दै उनले कसरी उत्साहित हुने भनेर प्रश्न गरेपछि नेकपा वृत्तमा नयाँ बहस सिर्जना भएकाे छ ।

उनलेे लेखेकाे स्टाटसलाई धेरैले मन पराएर शेयर गरेका छन् भने अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले नाम नलिइकन संगठनलाई अाक्षेप लगाउन नहुने बरू खुला छलफल गरेर निश्कर्ष निकाल्न अाग्रह गरेका छन् ।

हेराैं के लेखे उनले ? –

#हेलिकोप्टर चढेर खेती अवलोकन गर्ने हाम्रो राष्ट्रप्रमुख #सार्वभौम जनप्रतिनिधि संस्थालाई मान्ने तर भ्रष्टाचार छानविनका लागि त्यो भन्दा माथि अर्कै समिति बनाउने हाम्रो सरकारको काम गर्ने शैली #पैसा जम्मा गर्न सजिलो होस् भनेर सबै घरकै सदस्यलाई सचिवालयमा राख्ने पार्टीका ठूला नेता #कम्युनिस्ट पार्टीका नेता हुने सँगै शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारी पनि बन्न पाइने हाम्रो नैतिकता #निजी संस्थालाई सम्बन्धन दिन विश्वविद्यालयलाई दवाव दिने त्यस वापत निजी संस्थासँग पैसा खाने पार्टीका ठूला ठूला नेता #आफ्नै घरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसदहरू #मन्त्री क्वार्टरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसदहरू #चुनाब जिताउने कार्यकर्ता र जनताले तर सचिवालयमा आफ्नै छोराछोरी भाइभतिजाले भर्ने हाम्रा सांसदहरू #निर्माण मार्फत देशलाई ठग्ने ठेकेदारहरू हाम्रा सांसदहरू #गैर कानूनी रूपमा आय आर्जन गर्ने मान्छेहरू जसले पार्टीका आमूक नेतालाई पैसा खुवाएर बनेका हाम्रा सांसदहरू #विमान खरिदमा अर्बौ भ्रष्टाचार हुने मेरो देश #दुरसञ्चारमा अर्बौको चलखेल भइरहेको मेरो देश #सांसदलाई सपथ खुवाउने तर लोगो लगाएर जेल बस् भन्ने हाम्रो कानून #आन्दोलन गर्ने तर शिक्षा मालिकसँग पैसा कुम्ल्याएर मुद्दा साट्ने विद्यार्थी आन्दोलन #शक्ति नलगाई वा पैसा नखुवाई प्रतिस्पर्धा र पद्धतिमा सर्वसाधारणको एउटा पनि काम नहुने मेरो प्रिय देश!?

हेराैं रञ्जित तामाङकाे स्टाटस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी