यस्ता छन् सरकारका पछिल्ला १३ निर्णयहरू (पुर्ण पाठ)

80 Hits

काठमाडौं , २० पुस । मन्त्रिपरिषद् बैठकले देशका ५ अस्पताललाई विशेषज्ञ सेवा सहितका अस्पताल बनाउनेदेखी गाेरखापत्र संस्थानमा सल्लाहकार सम्पादक नियुक्त गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेकोे छ । सूचना तथा प्रविधि मन्त्री गाेकूल बाँस्काेटाले विहिबार ती निर्णयलाई सार्वजनिक गरेेेेका हुन् । मन्त्रिपरिषदले गरेका पछिल्ला प्रमुख निर्णयहरू–

१) विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

२) नेपाल सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय गृहमन्त्री, माननीय सहरी विकास मन्त्री र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरिएको छ ।

३) साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृत गरिएको छ ।

४) ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

५) नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

६) स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

७) राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

८) आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु ५३६.५६ निर्धारण गरिएको छ । उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम प्रति क्विन्टल रु ६५.२८ अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ । चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल रु ४७१.२८ मा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ ।

९) निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ– – माथिल्लो स्यांगे खोला साना जलविद्युत आयोजना २.४ मे.वा। का लागि – चूनढुंगा उत्खनन कार्यका लागि – पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि – याम्बालिङ खोला जलविद्युत आयोजना ७.२ मे.वा का लागि – रसुवा–भोटेकोशी जलविद्युत आयोजना १२ मे.वा. का लागि – पाथिभरादेवी दर्शन केवलकार योजना सञ्चालन गर्नका लागि

१०) बर्दघाट सुस्ता पश्चिम (नवलपरासी)र बर्दघाट सुस्ता पूर्व (नवलपरासी) का जिल्लाहरूमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न स्वीकृति दिइएको छ ।

११) बसोबास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोबास क्षेत्रका रुख हटाइ व्यवस्थापन गर्न स्वीकृति दिइएको छ ।

१२) गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाल (झापा) लाई नियुक्त गरिएको छ ।

१३) निम्न अस्पतालहरूलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ– – कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ – नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्ज, पर्सा – भरतपुर अस्पताल, चितवन – भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके – डडेलधुरा उप–क्षेत्रिय अस्पताल, डडेल्धुरा

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी