मेलम्ची रेल झै दोडिएको छ, अब रोकींदैन : प्रधानमन्त्री

65 Hits

काठमाडौं, १९ पुस ।
प्रधानमन्त्री के पी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना यस वर्ष अत्यन्त तिब्र गतिमा अगाडि वढेको बताएका छन् । मेलम्ची आयोजनाले जापानी रेलको गति लिएको दावी उनको छ ।
आयोजना अन्तरगतको फोहोर पपानी प्रशोधन केन्द्र निर्माण कार्यको राजधानीको बालकुमारीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले उक्त दावी गरेको हुन् ।


उनले आयोजनाको काम तीब्रताका साथ अघि बढिरहेको बताए । ओलीले भने –मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिंड्यो । यो वर्ष त्यसरी हिंड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिंडे जस्तो हिंडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने । इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।

मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योल जस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने उनले दावी गरे । ‘अन्योल देखिए पनि अन्योल मान्नुपर्ने कुनै आवश्यकता छैन । जुनसुकनै अवस्थामा अगाडि बढाउँछौं । समयभित्र अगाडि बढाउछौं । हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।उनले सफलतासाथ आयोजना सम्पन्न गर्न लागि परेकोमा खानेपानी मन्त्री विना मगरलाई धन्यावद समेत दिएका थिए

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी