रेशम चौधरीले लिए सपथ, के होला सुरक्षा निकायको मनोबल ?

59 Hits

काठमाडौं, १९ पुस-

टीकापुर घटनामा मुख्य अभियुक्तको रुपमा थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
सभामुख कृष्ण वहादुर महराले दिउँसो तीन बजे चौधरीलाई सथप खुवाएका हुन् ।

सपथ लिँदै चाैधरी (तस्विर अनलाइनखबर)

यसअघि बिहान ११ बजे सथप खुवाउने तयारी भएपनि कारागारबाट ल्याउन ढिला भएकाले ३ बजे सारिएको सभामुखको नीजि सचिवालयले जनाएको थियो । उनलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराएका हुन । प्रधानमन्त्री केपि ओलिको आदेश पछि उनलाई सपथ खुवाईएको हो ।
चौधरीले शपथ लिए पनि उनको मुद्दा भने कानुन अनुसार अघि बढ्नेछ । निर्वाचन आयोगले प्रमाणपत्र सहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य भएको सभामुख सचिवालयले जनाएको छ ।
शपथपछि चौधरी निलम्बित संसदको रुपमा जेलमै रहनेछन् भने संसद बैठकमा सहभागी हुन पाउने छैनन् ।

उनलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएको छ । उनी आवद्ध पार्टी राजपा र उनले शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए ।
टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । चौधरीलाई उक्त आन्दोलनलाई चर्काउन मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।
चौधरीको सपथ पछि सुरक्षा निकायको मनोबल खस्कीने र सुरक्षामा अअसर पर्ने विश्लेषण गर्न थालिएको छ । चौधरीलाई सपथ खुवाउन दबाब दिने राजपाले भने उक्त विषय राजनैतिक भएकोले आममाफी दिनुपर्ने बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी