आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी, कराँते प्रतियोगिता पुस अन्तिम साता

53 Hits

काठमाडौँ, १९ पुस
प्रदेश नं ५ मा हुने भनिएको आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी भएको छ ।
प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको छ । कार्यकारी समितिको तेस्रो बैठकमा उक्त प्रतियोगिता सार्ने तयारी गरिएको हो । बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रदेशबाट राष्ट्रिय खेलकूदमा सहभागी हुने खेलाडी÷प्रशिक्षक÷व्यवस्थापक÷सङ्घ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकूदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकूदका लागि गठित विभिन्न उपसमितिलाई एक साताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनी हुँदै नेपालगञ्जसम्म लाने निर्णय बैठकले गरेको छ । बैठकले प्रदेश छनोट र राष्ट्रिय खेलकूदका साथै दक्षिण एशियाली खेलकूद (साग)सम्म खेलाडी दुर्घटना बीमा गर्ने निर्णय गरेको छ ।

पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस अन्तिम साता

पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते यही पुस अन्तिम साता हुने भएको छ । नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २० आँैं वार्षिकोत्सवका अवसरमा पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही २६ गतेदेखि शुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका करीब दुई हजार खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७ ७५, ८४ केजी तौल समूह र एकल काता गरी १५ इभेन्टस् हुनेछ । त्यस्तै महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४० तथा महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७ ६८ किलो तौल समूहमा र एकल काता गरी १५ इभेन्टस् गरी कूल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी दिएका छन् । प्रतियोगिता दुई दिन चल्नेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी