कालिकाेटका अग्नी पीडितलाइ उपराष्ट्रपतिपुत्र पुनकाे सहयाेग

125 Hits

काठमाडौं, १९ पुस –

अखिल क्रान्तिकारीका उपाध्यक्ष एवम् उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेश पुन कालिकाेटका अग्निपीडितलाई सहयाेग गर्न कालिकाेट पुगेका छन् । आपत विपतको बेलामा तत्काल राहत सामग्री लिएर घटनास्थलमा पुग्ने गरेका अखिल (क्रान्तिकारी) उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन् ।

उनले अग्नीपीडित परिवार तथा विद्यार्थीहरुलाई राहत तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् । उपाध्यक्ष दिपेश पुन,एब्सुलुट ईन्टरनेशनल प्रालिका अध्यक्ष नवीन थापा,विद्यार्थी नेताहरु देविचन्द्र उपाध्याय,तिलक उपाध्याय उपमेयर दर्शना नेपाली सहितको टोलीले पीडितलाई ओढ्ने, ओछ्याउने, न्यानो कम्बल, अत्यावश्यक भाँडाकुँडा, आगो निभाउने सामान लिएर कालिकोट पुगेका थिए ।

पुनको खुट्टामा समस्या आएपछि आगलागी स्थल सम्म पुग्न गाह्रो भएपछि गाउँपालिकाको कार्यालयमासम्म पुगेर राहत सामग्री आगलागी पीडितहरुलाई बितरण गर्नेगरी पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई एकमुष्ट हस्तान्तरण गरेको पुनले बताए ।

आगलागी भएयता पलाँता गाउँपालिकाको आगलागी क्षेत्रमा दैनिक एकदेखि दुई संस्था राहत बोकेर जाने गरेका छन्। पुनले मंगलबार दुई ट्रक खाद्यान्न, लत्ताकपडा, विद्यार्थीको अध्यायन सामग्री लिएर पलाँता अग्निपीडित क्षेत्रमा पुगेका थिए । उपराष्ट्रपतिका छोरा पुनले पलाँता क्षेत्रमा पुगेर तत्कालका लागि लत्ताकपडा, खाद्यान्नको आवश्यकता भएकाले राहत सामग्री लिएर पलाँता पुगेको बताए। ‘तत्कालका लागि यहाँका आगलागी पीडितलाई खाद्यान्न, लत्ताकपडा, न्यूनतम सामग्रीको आवश्यकता रहेको छ।’ उनले भने, ‘त्यही सामग्री काठमाडौंमा संकलन गरेर पलाँताका अग्नि पीडितका पुगेको हुँ।’

पौष ९ गते मध्यरातमा भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका थिए । अागलागिबाट मरणासन्न राउटे युवककाे उद्वार र उपचार, तराईका बाढीपीडितलाई सहयाे, भुकम्प पीडितकाे उद्वार र सहयाेगमा जुटिसकेका पुनले सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी