किरियापुत्री छाेरीहरूलाई आर्थिक सहयोग

77 Hits
     

तुलसीपुर, १८ पुस ।

तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नम्वर ११ जस्पुरका किरियापुत्रीहरुलाई आर्थिक सहयोग गरेका छन् ।

आमा तारा विकको मृत्य भएपछि किरिया वसेका छोरीहरु आराधना र सदिक्षालाई किरिया वसेकै ठाउँमा गएर सहयोग रकम हस्तान्तरण गरेको नगरप्रमुखमा सचिवालय प्रमुख मानवहादुर रावतले जानकारी दिए । किरियापुत्रीहरुलाई उपप्रमुख माया आचार्यले १६ हजार ३ सय ५ सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै उपप्रमुख आचार्यले वालवालिकाहरुलाई शिक्षामा पनि उपमहानगरपालिकाले सहयोग गर्ने वताइन् । उपप्रमुख आचार्यले हिम्मत गरेर सामाजिक कुसंस्कारलाई वदल्नका लागि किरिया वसेकोमा वालवालिकाको साहसप्रति सम्मान समेत व्यक्त गरेकी थिइन् । ‘उपमहानगरपालिकाले वालवालिकाहरुलाई एक्लो हुन दिदैन’ उपप्रमुख आचार्यले भनिन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकल,महिला विकास कर्मचारी माया श्रेष्ठ, सुचना प्रविधि अधिकृत प्रशंसा देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी