शुरू भयाे प्रधानन्यायाधीश राणाकाे परीक्षा : के गर्लान् भ्रष्टाचारका मुद्दालाई ?

27 Hits

काठमाडौं, १९ पुस –

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बन्नासाथ भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने घोषणा परम्परा नै बनेको छ । कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्रसम्मले जस्तै नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि त्यही प्रतिबद्धता  दोहोर्‍याएका छन् । तर, वास्तविकता के छ भने वर्षमा दुईदेखि तीन प्रतिशत मात्र यस्ता मुद्दा फैसला हुने गरेका छन् । 

अहिले भ्रष्टाचारका ६ सय ९० मुद्दा सर्वोच्चमा छन् । गत वर्षसम्म यस्ता पाँच सय २९ मुद्दा विचाराधीन थिए । त्यसअघि आर्थिक वर्ष ०७१/७२ मा ६ सय ५० को संख्यामा थिए भने ०७०/७१ मा चार सय ८० थिए । 

विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदनमा मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र सर्वोच्चले किनारा गर्नुपर्ने भनिएको छ । तर, वर्षौँ बित्दा पनि भ्रष्टाचारको मुद्दा इजलासमा पुगेर अल्झिरहेको छ । सर्वोच्च अदालतको एक महिनामा पेसी सूची हेर्दा भ्रष्टाचारको २६ वटा मुद्दा पेसीमा राखेर हेर्न नभ्याउने सूचीमा राखिएको नयाँ पत्रिकामा समाचार छ ।

अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका मुद्दा सर्वोच्चमा विचाराधीन छन् । ठूला भनिएका मुद्दामा सर्वोच्चले पेसी तोक्ने र स्थगित गर्दै आएको छ । कतिपय मुद्दा न्यायाधीशहरूबीच नै राय बाझिएकाले अल्झिएका छन् । 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी