सहिद पिता पाेखरेलकाे निधन

42 Hits

गाेरखा, १८ पुस – जनयुद्धको क्रममा राज्यद्वारा मारिएका सहिद भिमसेन पाेखरेलका पिता देवीप्रसाद पाेखरेलकाे ८७ वर्षको उमेरमा निधन भएकाे छ । गाेरखा जिल्लाकाे छाेप्राक घर भएका पाेखरेल समाजसेवी पनि थिए । उनकाे परिवारका दुई सदस्य जनयुद्धका क्रममा सहिद भएका थिए ।

सहिद पिता

भिमसेन पोखरेल, निरु पोखरेल शहीद भएका थिए भने अर्का छाेरा रमेश पाेखरेल जनयुद्वमा सहभागी भई हाल नयाँ शक्ति पार्टीका नेता रहेका छन् । त्यसैगरी रूद्रनाथ पाेखरेल मंडली मा बिका प्रधानाध्यापक रहेका छन् भने अर्जुन पोखरेल शिक्षक रहेका छन् ।

भिमसेन पाेखरेललाई नेता शुरेश वाग्लेसँगै गाेरखाकाे अाँपपिपल नजिक घेरा हालेर गिरफ्तार पछि प्रहरीले गाेलि हानी हत्या गरेकाे थियाे । उनकाे निधनमा नेकपा, नयाँ शक्ति नेपाल सहित शुभचिन्तक हरूले श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । बुवा प्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तब्ध परिबारजनमा हार्दिक समबेदना ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी