जबराले गरे प्रधानन्यायाधीश पदभार ग्रहण, दिए जोशीलाई हट्न आग्रह

58 Hits

काठमाडौं, १८ पुस ।
सर्बोच्च अदालतको प्रधान न्यायाधीशमा चोलेन्द्र शमशेर जबरा नियुक्त भएका छन् । जबरालाई संसदिय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले प्रधान न्यायाधिशमा नियुक्त गरी सपथ खुवाएकी थिइन् ।

बुधबार जबराले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले अर्का न्यायाधीश दिपक जोशीलाई अदालतलाई बन्धक नबनाउन तथा बाटो खाली गर्न सुझाव पनि दिएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरेका हुन् ।

वरिष्ठ न्यायाधीशको हिसाबले अब उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन, अदालतलाई अझै विवादमा पार्नु हुदैन, मेरो उहालाई हार्दिक अनुरोध छ, अदालतलाई निकास दिलाउनुहुन्छ भन्ने विश्वास दिलाउँछु’ उनले भने ।

प्रधानन्यायाधीश जबराले अब जोशीको कुनै पेशी नतोकिने पनि बताए । आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’ उनले भने ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको पनि प्रधानन्यायाधीश जबराले बताए । ‘अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा कतै पनि प्रश्न उठ्न हुँदैन’ उनले भने ‘अदालतको जनआस्थामा यदि वृद्धि हुन्छ भने हामी सबैले हाम्रा विषयमा उठेका गम्भीर प्रश्नहरुबाट हामी बाटो लाग्नुपर्छ ।’

आफूले संसदीय सुनुवाइ समितिमा पनि यस विषयमा प्रतिवद्धता जनाएर आएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले सार्वभौम संसदको निर्णय मान्नुपर्ने पनि बताए ।

‘सार्वभौम सम्पन्न संसदीय समितको निर्णयलाई मान्नुपर्छ र त्यसको निर्णयको सम्मान हुनुपर्छ, म प्रस्तावित प्रधानन्यायाधीशको हिसाबले प्रधानन्यायाधीशको पदमा आएँ भने म सुनुवाइ समितिको सम्मान गर्छु भनेको थिएँ’ उनले भने ‘यो ९जोशीविरुद्धको निर्णय० मैले त्यहाँ गरेको प्रतिवद्धता हो ।’

आफूले सबै नागरिक, पत्रकार, सेवाग्राही, कानून ब्यवसायी र सबै न्यायाधीशको भावनाअनुसार कठोर निर्णय लिएको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले आफ्ना सहपाठी जोशीविरुद्ध यस्तो निर्णय गर्दा दुखी भएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी