अार्ट काउन्सिलमा हरिअाेमकाे मधेश चिनाउने प्रदर्शनी

71 Hits

काठमाडौं , १८ पुस –

बबरमहलस्थित अार्ट काउन्सिल । प्राय : कुनै न कुनै प्रदर्शनी भइनैरहेका हुन्छन् । यसपटक त्यही अार्ट काउन्सिलमा पुर्ववत चित्र र कला भन्दा फरक प्रस्तुति भेटियाे । पृष्ठभूमिमा मैथिली लोकसंगीत र भित्ताहरू पुरै मैथिली संस्कार र संस्कृतिले भरिपूर्ण तस्विरहरू ।

नमस्कार म हरि अाेम भन्दै एक युवा नव अागन्तुकलाई स्वागत गर्दछन् र एउटा तस्वीरहरू सहितकाे सानाे किताब हातमा दिँदै अाफूले बनाएका कला भन्दा अगाडि सिम्राैनगढमा युद्वमा प्रयाेग गरिने घुयत्राेमा हाल्ने गाेलाकाे बारेमा व्याख्या गर्दछन् ।

अाफूले सिम्राेनगढ अासपासमा गएर अध्ययन गर्दा पाएकाे ईतिहासलाई चित्रमा उतारेकाे उनकाे भनाइ छ । भित्ताका कापमा अबिरहरूले कलात्मक अरिपन कोरिएको छ। भित्ताभरि हराउँदै गएका सभ्यताहरू छन्। डुब्दै गरेको मधेस छ। दसगजाभन्दा शक्तिशाली मित्रता छ। भोको किसान, सत्ता र जनताबीचको दूरी, राज्यको काखापाखा व्यवहार, राजनीति र तराईको रंगीन संस्कृतिहरू छन्।

आर्ट काउन्सिलमा प्रदर्शनीमा रहेको कलाकार हरिओम मेहताका पेन्टिङले मधेसको मानव सभ्यताको इतिहास, त्यहाँको समाज र कलाकृतिलाई देखाउन खोजेको छ। अझ त्योभन्दा पनि बढी सायद समय बुझाउन खोजिएको छ। आफ्नै परिवेश र आफैंले महसुस गरेका परिस्थितिको संगमबाट हरिओमले साढे तीन वर्ष लगाएर ती चित्रहरू कोरेका हुन्। एक दशकदेखि कलाकारिता गर्दै आएका उनी भन्छन्, ‘मैले मेरो देश र मेरा पुर्खाको इतिहासलाई क्यानभासमा उतार्न खोजेको छु।’ मानव सभ्यताको विकासक्रममा उपयुक्त स्थानहरूको खोजी गर्दै संसारमा थुप्रै सभ्यताको विकास भएको छ।

नेपाली भूगोलमा पनि विविध सभ्यताहरू थिए। ती प्रत्येक सभ्यताले आवश्यकताअनुसार समाजलाई सुसंस्कृत, सभ्य बनाउन कलासंस्कृतिको प्रयोग गरेको पाइन्छ। पुर्खाहरूले प्रयोग गर्ने ढुंगे औजारहरू, घाँटीमा लगाइने माला, खपटाहरू सिराहाको खप्टेडाँडामा अहिले पनि भएको कलाकार हरिओम बताउँछन्। ‘अनुसन्धानका क्रममा भेटिएका ती कलाकृति खप्टेडाँडादेखि सप्तरीको कनकपट्टीसम्म छन्’, हरिओम भन्छन्, ‘बारामा भेटिएको मल्लकालीन इतिहास, सिमरौनगढका अवशेषहरू, भग्नावशेष तिरहुत इतिहासको जीवन्त कथा अझै त्यहाँका माटोमा भेटिन्छन्।’

सभ्यताको विकासमा एक वर्गले अर्को वर्गलाई दबाउने, आक्रमण गर्ने र शत्रुपक्षको अस्तित्व नै नामेट पार्ने जस्ता क्रूर कार्य हुन्थे; जुन वर्तमान समयमा पनि यथावत् रहेको उनको भनाइ छ। सिम्रौनगढ, मूर्तिया, मुखियापट्टी, खप्टेडाँडा, कनकपट्टी जस्ता प्राचीन स्थानमा सभ्यताको पतन भएको थियो। ती ठाउँमा गरिएको उत्खननमा भेटिएका ऐतिहासिक, पुरातात्त्िवक, सांस्कृतिक र धार्मिक महत्त्वका कलाकृतिको अभिलेख हरिओमको पेन्टिङमा छ। शक्ति, सत्ताको आधारमा भन्दा पनि मानव सभ्यताको विकास मानवीय दृष्टिकोणका आधारमा गरिनुपर्ने सोचको आवश्यकतालाई चित्रमार्फत बुझाउनु खोजेको उनले बताए।

हरिअाेेम सर्लाहीका युवा हुन् उनले ललितकला क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । उनले यस अघि एकल र संयुक्तरूपमा थुप्रै प्रदर्शनीमा भाग लिएका छन् । उनकाे प्रयास वास्तवमै अनुकरणीय र सम्मान गर्न लायक छ । उनकाे कलामा माैलिकता छ, ईतिहास छ र नयाँ पिढिका लागि प्रेरणादायी सन्देश छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी