सर्वोच्चकाे प्रधानन्यायाधीशमा चाेलेन्द्र पक्का, सुनुवाई समितिमा सर्वसम्मत

101 Hits

काठमाडौं, १७ पुस ।

सर्वोच्च अदालतमा प्रधानन्याधीशको रूपमा चोलेन्द्र शमसेर जबरा आउने पक्का भएको छ ।
प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबरालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेपछि उनको प्रधानान्याधीशको यात्रा पक्का भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
उनको विरुद्ध परेका ९ उजुरीमाथि संसदिय समितिले सुनुवाई गराएको थियो । उनले उठेका विषयहरुको चित्तबुझ्दो जवाफ दिएको भन्दै संसदिय समितिले उनको नाम अनुमोदन गरेको हो । प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको नामा सहमपति जनाएपछि संवैधानि कपरिषदबाट उनको नाम प्रस्तावित भएको थियो ।

यसअघि न्यायाधीश बन्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सांसदले जबराको विपक्षमा मतदान गरेका थिए। प्रधानन्यायाधीशमा भने नेकपाका सबै सांसदले उनलाई समर्थन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्।

उनी तीन वर्षका लागि प्रधानन्यायाधीश बन्ने भएका छन्।

Loading...

Related News

बदर भएका नागरिकताबाट बंशजका अाधारमा नागरिकता नदेऊ – सर्वाेच्च

काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च अदालतले २०५४ सालमा सर्वोच्चकै आदेशबाट बदर भइसकेका नागरिकताका आधारमा उनीहरूका सन्तानलाई वंशजको नागरिकता नदिन…

एनसेललाई कर नबुझाउन अादेश दिने न्यायाधीश काे ?

काठमाण्डु, १२ बैशाख – एनसेल लाभकरका विषयमा सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ । बिहीबार…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी