काठमाडौंकाे तापक्रम शुन्यमा : यसरी बच्नुस चिसाेबाट

112 Hits

काठमाडौँ, १७ पुस –

काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । 
तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । 

फाइल फाेटाे

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ ।
 आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।  आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो ।
 अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । 
महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

गत वर्ष ३ दिन न्यूनतम तापक्रम शून्य थियो । पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम यस्तै रहने महाशाखाको पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले तापक्रम निरन्तर घट्ने क्रम जारी रहनेछ ।

मंगलबार बेलुकादेखि मौसम फेरिनेछ भने बुधबार बदली भई केही ठाउँमा पानी पर्ने र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईमा बिहान बाक्लो हुस्सु तथा कुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने अनुमान छ । सोमबार सबैभन्दा बढी चिसो जुम्लामा माइनस ५ डिग्री सेल्सियस रह्यो ।

मंगलबार दिउँसो देशभरि नै मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाको तीन दिनको पूर्वानुमानमा उल्लेख छ । पहाडी भेगमा सामान्य बदली भई विशेष गरी पश्चिमी पहाडी भूभागका एक÷दुई ठाउँमा हलुका वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च हिमाली भूभागका एक÷दुई ठाउँमा हलुका हिमपात पनि हुने सम्भावना छ । बुधबार दिउँसो पश्चिमी तथा मध्य भेगमा सामान्य बदली भई पानी पर्ने सम्भावना छ ।

चिसाेमा के गर्ने के नगर्ने यश विषयमा वरिष्ठ चिकित्सक डा. अाे मुर्ती अनिलका सुझाव हेराैं ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी