सिधा बाटाे मात्रै हिँड्नेहरू शिखरमा पुग्न सक्दैनन् : प्रचण्ड

98 Hits

काठमाडौं, १६ पुस – नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिधा बाटाे मात्रै हिडेर शिखरकाे चुचुराेमा पुग्न नसक्ने बताएका छन् । अाज विप्लव नेकपा का कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले अाफूले निरन्तर क्रमभंग र छलाङमा अगाडि बढेकाे बताए ।

फाइल फाेटाे

प्रचण्डले भने- सबैभन्दा पहिले त तपाईँहरुले बिल्कुल सही निर्णय लिनुभएको छ, तपाईँहरुको यो निर्णयको लागि पार्टीको तर्फबाट र मेरो तर्फबाट बधाई र शुभकामना भन्न चाहन्छु । पार्टीमा स्वागत पनि गर्न चाहन्छु । धेरै कुरा भन्नेभन्दा तपाईँहरुचाहीँ जुन परिस्थितिबाट आज पार्टी प्रवेश गर्न आउनुभएको छ, वास्तवमा राजनीतिको हिसाबले तपाईँहरुले आफूलाई ठीक ठाउँमा पनि उभ्याउनुभएको छ र सुरक्षित पनि राख्नुभएको छ, र भविष्यको निम्ति तपाईँहरु आफ्नो विकासको प्रगतिको ढोका पनि खोल्नुभएको छ । 
हिजो तपाईँहरु जहाँ हुनुहुन्थ्यो, एक किसिमले ति ढोकाहरु बन्द थिए । हुनत, कुरा गर्दा एक खालको तपाईँहरुलाई लाग्यो, यहीँबाट हुने हो कि भन्याजस्तो लाग्यो, त्यति सजिलो कुरा थिएन, होइन । 
अहिले हामी नेपालमा समृद्धिको बाटो हुँदै समाजवादको आधार तयार पार्ने, समाजवादी क्रान्तितिर जाने, लोकप्रिय मतसहित जाने एउटा नयाँ बाटोतिर छौँ । तर, हामीले आफ्नो आदर्श र उद्देश्य छोडेको भन्ने कुरा होइन । उद्देश्य प्राप्तिको निम्ति बाटो चाहीँ कहिलेकाहीँ घुम्तिमा जानुपर्ने हुन्छ । कहिले उकालो चढ्नुपर्छ, कहिले अलिकति ओरालो झर्नुपर्ने हुन्छ । त्यसो गर्दैगर्दै मात्रै शिखरमा पुगिन्छ । सबैभन्दा अग्लो शिखरमा जान खोज्ने तर तल दायाँबायाँ गर्दै गर्दिन भन्यो भने शिखरमा पुग्न सकिँदैन ।
माउन्ट एभरेस्ट चढ्दाखेरि पनि कैयौँ घुम्तिहरु, मोडहरु तल झरेर माथि जानुपर्ने थुप्रैथुप्रै अवस्था आउँछ । राजनीति पनि त्यस्तै हो, समाज पनि त्यस्तै हो । धेरै घुम्ति उतारचढाव नभइकन क्रान्ति सफलताको शिखरमा पुग्दैन । जसले सिधै लान्छु भन्न खोजे, विश्वमा थुप्रै त्यस्ता देशहरु असफल भए । दायाँवायाँ अघिपछि गर्दै जानेहरु सफल भए ।
हामी पनि हिजो एउटा विद्रोहको माध्यमबाट र त्यो विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई मिलाएर, क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीचमा पनि समझदारी गराएर मात्रै नेपालमा गणतन्त्र सम्भव भएको हो । नेपालमा समावेशीता सम्भव भएको हो । यो उपलव्धि सानो चाहीँ होइन र यो सजिलै भएको पनि होइन । हजारौँको यसमा वलिदान छ । 
अब समाजवादको यात्रा त त्योभन्दा लामो यात्रा हो । जनवादको, गणतन्त्रको यात्राभन्दा अझ महान्, अझ गम्भीर र अझ लामो यात्रा हो । त्यसमा अझ व्यापक एकताको खाँचो पर्छ । जसले हिजो एउटा सपना देखेर नयाँ नेपाल निर्माण गर्ने, एउटा गणतान्त्रिक नेपाल निर्माण गर्ने, सामाजिक न्याय समानता कायम गर्ने भन्ने सपना देखेर हामी हिँडेका थियौँ । हामी सबै केन्द्रीत भएर, एकीकृत भएर मात्रै यो लक्ष्य प्राप्त गर्न सकिन्छ । 
आज तपाईँहरुले यो सम्बन्ध जोडेर एउटा इट्टा थप्नुभएको छ । अथवा, एक खुड्किलो माथि जाने काम भएको छ । त्यसको लागि पनि म पार्टीबाट धन्यवाद भन्न चाहन्छु । अब कामको जिम्मेवारीको बारेमा अघि यहाँ मुख्य साथीहरुसँग कुराकानी पनि भैसक्या छ । म तपाईँहरुलाई के भन्छु भने हामी पार्टी एकताको प्रक्रिया पनि अहिले अगाडि बढ्दैछ । म अहिले तुरुन्तै पार्टी एकतासम्बन्धि कार्यदलसँग कुरा गर्न जाँदै पनि छु, र तपाईँहरु पार्टीमा जोडिएको कुरा जानकारी गराउँछु । 
यहाँ दिपशिखा नै हुनुहुन्छ, वाइसियलको अध्यक्ष पनि पार्टीको केन्द्रीय सदस्य पनि । उहाँसँग कुरा गरेर तपाईँहरुलाई कहाँकहाँ एड्जस्ट गर्नुपर्ने हो, वाइसियलमा वा युवा संगठनमा, पार्टीमा कसलाई जिल्ला कमिटिमा गर्नुपर्ने हो, कसलाई कुन कमिटिमा भन्ने कुरा सल्लाह गरेर गरिन्छ । तपाईँहरुलाई जिम्मेवारी दिइन्छ । तपाईँहरु भर्खरै युवा हुनुहुन्छ, धेरै पर जानु छ तपाईँहरु, तपाईँहरुको पूरै लामै पिरियड बाँकी नै छ । त्यो जीवनलाई सफल बनाउनको निम्ति पार्टी तपाईँलाई सहयोग गर्छ भन्दै फेरि एकचोटि तपाईँहरुले सही निर्णय धन्यवाद र बधाई भन्दै विदा हुन्छु । धन्यवाद !

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी