तमु ल्हाेसारमा एनअारएनए बेल्जियमकाे शुभकामना

142 Hits

बेल्जियम, १५ पुस – गैर अावासिय नेपाली संघ वेल्जियमले तमुहरूकाे महान चाड तमु ल्हाेसारकाे अवसरमा शुभकामना सन्देश दिएकाे छ ।

संघका अध्यक्ष लाेक प्रसाद दाहालले एक शुभकामना विज्ञप्ति जारि गर्दै नेपाल र विदेशमा रहनुभएका सबै तमु समुदायमा ल्हाेसारले राष्ट्र विकास र समृद्विमा लाग्ने प्रेरणा पैदा गराअाेस् भन्ने कामना गरेका छन् ।

दाहालले तमु जातीले नयाँ संविधानमार्फत अधिकार प्राप्त गरेकाे उल्लेख गर्दै अझै वढि अधिकार प्राप्त हाेअाेस भन्ने कामना पनि गरेका छन् ।

शुभकामना पत्रकाे पुर्ण पाठ –
तमु जातिले नयाँ वर्षको आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसारको अवसरमा म गैरआवासिय नेपाली संघ राष्टिय समन्वय परिषद बेल्जीयमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हामी हाम्रो प्यारो र रमणीय मातृभुमि नेपालबाट भौतिक रुपमा निकै टाढा छौं तैपनि हामी हाम्रो देश, समाज र समुदायको विकास र समृद्धिमा अाफूहरूलाई समाहित र समर्पित गरिरहेका छाैं । हाम्रो हृदयमा नेपाल र नेपालका मौलिक पहिचान बोकेको संस्कृति कला र रितिरिवाज हाम्रो अन्तरस्करणमा रहिरहेको छ । जसको ज्वलन्त उदाहरण लाखौं किलोमिटर टाढा रहेर पनि तपाई हरुले मनाइरहनुभएको ल्होसार पर्व हो ।
हाम्राे देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । हाम्रो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु हामी विदेशमा रहेका गैरआवासिय नेपाली र स्वयं नेपाल सरकारको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ।
यसै सन्दर्भमा अाजकाे दिन नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।
नेपालमा केन्द्रीकृत सामन्ती राज्य व्यवस्थाले सदिऔं देखि उत्पीडनमा पारिएका तमु जातीले नयाँ संविधान निर्माण सँगै अाफ्नाे हक र अधिकार प्राप्त हुने स्थिति पैदा भइरहेको छ । म यस अवसरमा यस जातीले अझै धेरै अधिकार प्राप्ती गर्न सकोस र नेपालको विकास र समृद्धिमा महत्वपूर्ण भुमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
अन्त्यमा, यस पर्वले तमु जाति लगायत सम्पूर्ण गैर आवासिय नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा विदेशबाटै भएपनि थप उर्जा प्रदान गर्ने अपेक्षा गर्दै हाम्रो मातृभुमि देश नेपाल र विदेशमा रहनुभएका गैरआवासिय तमु समुदाय तथा समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लोक दाहाल
अध्यक्ष
गैरआवासिय नेपाली राष्टिय समन्वय संघ वेल्जीयम

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी