गृह मन्त्रालयले शुरु गर्यो सिडिओको मुल्याङकन, यस्ता छन् मापदण्ड

44 Hits

काठमाडौं, १५ पुस ।
गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ०हरुको कार्यसम्पादन मूल्याङकन गर्न शुरु गरेको छ । काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रजिअसँग आइतबार मन्त्रालयले कार्यसम्पादन सम्झौता गरेर उक्त कार्यको शुरुवात गरेको हो ।


शान्ति सुरक्षा र अमन चयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मूल्यांकन गरिने गृहमन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सीमा जोडएका जिल्लाहरुमा १०२ पूर्णाङ्क सीमा नजोडएका जिल्लाहरुमा ९९ पूर्णाङ्क रहने छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा गृहसचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले आइतबार गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङक प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा गृहसचिव राईले पहिलो चरणमा आइतबार तीन जिललाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग सम्झौता गरिने जानकारी दिए ।

उनले आवश्यकता अनुसार मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नसक्ने बताए ।

उनले सम्झौताले काम गर्ने प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मूल्यांकन गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘सम्झौताले सबैमा काम गर्न थप उत्साह प्रदान गर्नेछ । प्रमुखहरुलाई मेरो कामको मूल्याकंन भइरहेको छ भनी आफ्नो जिम्मेवारी पूरा गर्न प्ररित गर्नेछ,’ उनले भने ।

काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्नसमेत सम्झौताले भूमिका खेल्ने गृहसचिव राईको भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी