जाेसुकै भएपनि दोषी उम्किँदैनन्, निर्दोष फस्दैनन् : आइजिपी खनाल

111 Hits

कञ्चनपुर, १५ पुस ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा कोही पनि निर्दोषलाई नफसाइने र कार्वाही नगरिने स्पष्ट पारेका छन् ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको पनि उनले बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर आइपुगेका खनालले भने –‘आफूहरु समुदायको भावनाको सम्मान गर्दै दोषी पत्ता लगाउन इमान्दारीतासाथ लागेका छौं ।’ उनले थपे अनुसन्धान पूर्ण व्यावसायिक रुपमा भइरहेको छ, कसैको दबाब र प्रभाव परेको छैन ।’’

निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन्, दोषी जोकोही जतिसुकै ठूलो वा सानो भएपनि छुट्दैन । कानुनको नजरमा सबै समान हुन् ।’’ प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ छ ।

निर्मला हत्यापछि आईजीपी खनाल दोस्रोपटक कञ्चनपुर पुगेका खनालले प्रहरी प्रति विश्वाास गर्न पनि आग्रह गरे । आईजीपीको टोलीमा प्रहरीका अनुसन्धान अधिकृतहरु पनि सहभागी छन् । निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

Loading...

Related News

बाढी पहिरो क्षति : मृतक संख्या ४३ पुग्याे, घाइते २०

काठमाडौं, २९ असार – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ ।…

प्रहरी सञ्जिव राईमाथि प्रतिराेध कारवाही (विप्लव नेकपाकाे वक्तव्य)

काठमाडौं , २७ असार – सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफूहरुद्वारा प्रहरीको ‘प्रतिरोध’…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का