सक्कली पेस्तोलसहित पक्राउ परे नक्कली प्रहरी

55 Hits

काठमाडौं , १५ पुस – काठमाडौंको जडिबुटीबाट एक थान पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेका छन् ।

केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी