‘सिरियाली विद्रोहीलाई टर्कीले परास्त गर्छ’-ट्रम्प

52 Hits

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली विद्रोही इस्लामिक स्टेट (आईएस)समूहका बाँकी लडाकुलाई टर्कीले परास्त गर्ने बताएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँगको भेटपछि ट्रम्पले टीट गर्दै त्यस्तो आश्वासन दिएको बताए । उनले भने, ‘टर्कीका राष्ट्रपतिले सिरिया सक्रिय आईएस लडाकुलाई परास्त गर्न टर्कीसक्षम रहेको विश्वास दिलाउनुभएको छ ।’ यसअघि ट्रम्पले इस्लामिक स्टेट परास्त भएको दाबी गर्दै सिरियामा तैनाथ २ हजार अमेरिकी सेना फिर्ताको घोषणा गरेका थिए । यद्यपि, उनको कदमकोआफ्नो पार्टी तथा गठबन्धन राष्ट्रले आलोचना गरेका छन् ।

सोमबार ट्रम्पले ट्वीटरमा ‘इर्दोगान उक्त समस्या सुल्झाउन सक्षम भएको दाबी’ गरेका छन् । दुई नेताबीच वासिङ्टनमा भएको भेटवार्ता सिरियामा सक्रिय आईएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेकोह्वाइटहाउसले जनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर गरिसकेको जनाइएको छ । अमेरिकी सैनिक अधिकारीका अनुसार ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै आदेशमा हस्ताक्षर भएको बताए ।

गृहयुद्धबाट तहसनहस सिरियाबाट अप्रत्यासित रुपमा अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुक र अमेरिकी राजनीतिक नेता आश्चर्यमापरेका थिए । सिरियामा संघर्षरत इस्लामिक स्टेट (आईएस) का लडाकुविरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब २ हजार अमेरिकी सेना सिरियामा तैनाथ छ । अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।

टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ । आईएसविरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकुमाथि अब टर्कीले कारबाही गर्ने जनाइएको छ । कुर्दिस लडाकुलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतंककारी भएको बताउने गर्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी