बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

183 Hits

बेल्जियम, पुस ।

बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ बेल्जियम र नेपाली दुताबासकाे सहकार्यमा उक्त कार्यक्रमहरू अायाेजना गर्न लागिएको हाे ।

एनअनरएन बेल्जियमका अध्यक्ष लाेक दाहालका अनुसार त्यसकाे तयारिकाे लागि दुतावास लगायत विभिन्न संघ संस्था सँग २३ डिसेम्बरमा भएकाे अन्तरक्रिया र छलफलपछि ती कार्यक्रमहरू अायाेजना गर्ने निर्णय भएकाे हाे ।

दाहालले जनवरी देखि फेब्रुअरीसम्म बेल्जियमका विभिन्न शहरमा कार्यक्रम अायाेजना गर्न कार्यदल बनाएकाे बताए । जस अनुसार एक देश एक च्यारिटी सम्वन्धमा छलफल हुदा सो च्यारिटी कार्यक्रमको स्वरुप, योजना र कार्यविधि तय गर्न अध्यक्ष लोक दाहालको नेतृत्वमा एक उच्चस्तरीय कार्यदल बनेकाे छ भने नेपाली राजदूतावासका उपनियोग प्रमुख सुधीर भट्टराईको सँयोजकत्वमा आगामी २०१९ जनवरी २० आइतवार गेण्ट, २४ देखि २७ जनवरी एन्तोर्प र ७ देखि १० फेब्रुअरी सम्म ब्रसेल्समा नेपाली राजदूतावासको तत्वावधानमा हुने प्रदर्शनी र होलिडे फेयर सम्पन्न गर्नका लागि अर्को कार्यदल बनेकाे छ ।

एक्स्पो र होलिडे फेयरमा नेपाली सामाग्रीको स्टल २ वटा (एउटाको ५०० यूरोका दरले) तथा पर्यटन तथा ट्राभलको १ वटा (एक हजार शुल्क) रहने जानकारी गराईएकाे छ ।

एनआरएन बेल्जियमको आयोजनामा मिति २३ डिसेम्वर २०१८ मा नेपाली राजदूतावास तथा स्थानीय सँघसँस्थाहरुवीच भएको सँयुक्त छलफल र बैठकमा भएका निर्णय अनुसार दाहालको नेतृत्वमा रहेकाे कार्ययदलमा एनआरएन केन्द्रीय सदस्यहरु पदम गुरूङ, सरस्वती चापागाई, लीला मानन्धर, नेव्यस अध्यक्ष यामु निरौला, नेव्यस महासचिव मदन दवाडी सदस्य रहेका छन् । साथै उक्त कार्यदलमा केन्द्रीय कार्यदलका सदस्य भीम जोशी सदस्य सचिव रहने निर्णय भएकाे छ । यस कार्यदलले गठन भएका दिनदेखि १ महिनाभित्र कार्यक्रम र परियोजना वारे ठोस कार्ययोजना राष्ट्रिय समितिमा पेश गर्नुपर्नेछ ।

त्यसैगरी आगामी २०१९ जनवरी २० आइतवार गेण्ट, २४ देखि २७ जनवरी एन्तोर्प र ७ देखि १० फेब्रुअरी सम्म ब्रसेल्समा नेपाली राजदूतावासको तत्वावधानमा हुने प्रदर्शनी र होलिडे फेयर सम्पन्न गर्नका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख सुधीर भट्टराईको सँयोजकत्वमा जानकी गुरुड., शिव बरुवाल, पदम गुरुड., सरस्वती चापागाई, लोक दाहाल, गँगाधर गौतम, दीपेन्द्र केसी, जीत लामा, यामु निरौला, श्याम श्रेष्ठ, डिल्ली अम्माई, बिनोद न्यौपाने, रवीन्द्रमान श्रेष्ठ, बाबुराजा लामा, नेत्र मगर, सुवास जोशी, बोधराज पौडेल, बालकृष्ण कडेल रहनु भएको व्यवस्थापन समिति निर्माण गरिएको छ ।

नेपाली सँघसँस्था तथा समुदायवीच एनआरएनले समन्वय गर्ने निर्णय पनि भएकाे छ । यस प्रयोजनका लागि एनआरएन मार्फत आर्थिक व्यवस्थापन गर्न आड.माया लामा, हरि भट्टराई र जीवन शर्मा सम्मिलित अर्थ समिति निर्माण गरिएकाे छ ।
त्यसैगरी बैठकमा केन्द्रीय भवन निर्माणका लागि सहयोग रकम बोल्नु भै दिन वाँकी नामावली केन्द्रबाट प्राप्त भै आए बमोजिम राष्ट्रिय समितिले सम्बन्धितलाई औपचारिक जानकारी दिने निर्णय गरिएको छ ।
हेर्ननुहाेस बैठकका निर्णयहरू –

एनअारएन बेल्जियमको आयोजनामा मिति २३ डिसेम्वर २०१८ मा नेपाली राजदूतावास तथा स्थानीय सँघसँस्थाहरुवीच भएको सँयुक्त छलफल र बैठकका निर्णयहरुः
१.एक देश एक च्यारिटी सम्वन्धमा छलफल हुदा सो च्यारिटी कार्यक्रमको स्वरुप, योजना र कार्यविधि तय गर्न अध्यक्ष लोक दाहालको नेतृत्वमा एनआरएन केन्द्रीय सदस्यहरु पदम गुरुड., सरस्वती चापागाई, लीला मानन्धर, नेव्यस अध्यक्ष यामु निरौला, नेव्यस महासचिव मदन दवाडी सदस्य तथा केन्द्रीय कार्यदलका सदस्य भीम जोशी सदस्य सचिव रहेको कार्यदल निर्माण गरियो र यो दलले गठन भएका दिनदेखि १ महिनाभित्र कार्यक्रम र परियोजना वारे ठोस राष्ट्रिय समितिमा पेश गर्नेछ ।
२. आगामी २०१९ जनवरी २० आइतवार गेण्ट, २४ देखि २७ जनवरी एन्तोर्प र ७ देखि १० फेब्रुअरी सम्म ब्रसेल्समा नेपाली राजदूतावासको तत्वावधानमा हुने प्रदर्शनी र होलिडे फेयर सम्पन्न गर्नका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख सुधीर भट्टराईको सँयोजकत्वमा निम्न सदस्यहरु जानकी गुरुड., शिव बरुवाल, पदम गुरुड., सरस्वती चापागाई, लोक दाहाल, गँगाधर गौतम, दीपेन्द्र केसी, जीत लामा, यामु निरौला, श्याम श्रेष्ठ, डिल्ली अम्माई, बिनोद न्यौपाने, रवीन्द्रमान श्रेष्ठ, बाबुराजा लामा, नेत्र मगर, सुवास जोशी, बोधराज पौडेल, बालकृष्ण कडेल रहनु भएको व्यवस्थापन समिति निर्माण गरियो । नेपाली सँघसँस्था तथा समुदायवीच एनआरएनले समन्वय गर्ने । यस प्रयोजनका लागि एनआरएन मार्फत आर्थिक व्यवस्थापन गर्न आड.माया लामा, हरि भट्टराई र जीवन शर्मा रहनु भएको अर्थ समिति निर्माण गरियो ।
३. केन्द्रीय भवन निर्माणका लागि सहयोग रकम बोल्नु भै दिन वाँकी नामावली केन्द्रबाट प्राप्त भै आए बमोजिम राष्ट्रिय समितिले सम्बन्धितलाई औपचारिक जानकारी दिने ।
४. एक्स्पो र होलिडे फेयरमा नेपाली सामाग्रीको स्टल २ वटा (एउटाको ५०० यूरोका दरले) तथा पर्यटन तथा ट्राभलको १ वटा (एक हजार शुल्क) रहने जानकारी सहित सो को लागि आव्हान गर्ने ।

Loading...

Related News

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

पोर्चुगलमा भएको खेलमा वेल्जीयम टिम विजयी, पायो यस्तो उपाधी

काठमाडौं, ४ बैसाख । एनआरएन पोर्चुगलको आयोजनामा सम्पन्न यूरोपस्तरीय नेपाली फूटवल प्रतियोगितामा एन आर एन बेल्जियमले विजय हासिल गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी