प्रगतिशील साहित्यकार रेग्मीको निधन

382 Hits

चितवन, ८ पुस ।

प्रगतिवादी साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । 

हरिहर रेग्मी सविता

साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उहाँका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् । 
उहाँ पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । साहित्य सङ्गम चितवनका संस्थापकमध्येका एक रेग्मी माओवादी निकट जनसांस्कृतिक महासङ्घको जिल्लाको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यसमेत रहनुभएको थियो । 
रेग्मीका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

लमजुङको अर्चलबाेटमा जन्मनुभएका रेग्मीले लामाे समय कृषि क्याम्पस लमजुङ र रामपुरमा कर्मचारीकाे रूपमा सेवा गर्नुभएको थियोे ।उहाँ मृदुभाषी, मिलनसार र समाजसेवी हुनुहुन्थ्यो । उहाँप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जलि ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का