कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

104 Hits

काठमाडौं, ६ पु्स ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ ।
नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान मस्यौदाका विषयमा भएको विवाद अन्ततः सहमतिमा टुंगिएको हो । सहमति अनुसार १३ जना पदाधिकारी रहनेछन् भने सात सहमहामन्त्री रहनेछन् ।

पदाधिकारीका विषयमा लामो रस्साकसीपछि विवाद मिलेको बताइएको छ । शीर्ष नेताहरु बीच भएको सहमतिलाई आजै बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिनेछ र केन्द्रीय समितिबाट सहमतिलाई अनुमोदन गरेपछि विधानक पूर्ण मस्यौदा बनाई महासमिति बैठकमा पठाइनेछ ।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री रहने गरी शीर्ष तहमा सहमति भएको हो। कोषाध्यक्ष र थप एक जना प्रवक्ता सभापतिले मनोनयन गर्ने सहमति पनि शिर्ष नेताहरुबीच भएको छ। केन्द्रीय समितिको बैठकपछि विधान मस्यौदालाई महासमितिमा पेश गर्ने तयारी भएको प्रवक्ता विश्वप्रकास शर्माले बताए ।
नेताहरुका अनुसार अब बन्ने समहामन्त्रीमा आरक्षण सिट पनि राखिएको छ । जस अनुसाार महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना महामन्त्री चुनिनेछन् ।

संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई भने हटाएको हाो ।

यसअघि उपसभापति, महामन्त्री र समहमहान्त्री २÷२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए ।
बिहीबार उनले उपसभापति र महामन्त्री १÷१ मनोनित गर्ने प्रस्ताव ल्याएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि उनी पुन छलफलमा आउन तयार मात्रै भएनन् सात सहमहामन्त्रीको आरक्षणसहितको नयाँ सहमतिमा आउन बाध्य भए ।

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

विद्यार्थी सुधार्न दण्ड की पुरस्कार ? लाै पढाैं

काठमाडौं – आफू सानो हुँदा पिटाइ खाएको धेरैलाई याद हुन्छ । बालबालिकाको बानी सुधार्न अधिकांश अभिभावकले आफ्ना नानीहरूलाई कुनै न कुनै समय…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी