हाम्रा विरुद्ध अनर्गल प्रचार गरियो, मन्त्रालयमा आएर बझ्नुस् : मन्त्रीहरु

112 Hits

काठमाडौं, ५ पुस ।
सरकारका मन्त्रीहरुले आफूहरु विरुद्ध मिडिया अनर्गल प्रचारमा उत्रिएको भन्दै यथार्थ बुझ्न मन्त्रालय आउन चेतावनी दिएका छन् ।
सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका हुन्। इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भए पछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन्।

पार्टी केन्द्रीय कार्याल्य धुम्बाराहीमा बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकपछि उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको स्पष्टिकरण दिएका हुन् ।

उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरेका पनि गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारीसाधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको स्पष्ट पारे ।
उनले मन्त्रीका बारे अनर्गल प्रचारवाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गरे ।
उर्जा मन्त्री पुन विद्युतिय गाडि उपयोग गरेर इन्धन बचत गराउने यो सरकारका पहिलो मन्त्री हुन् ।
बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धन बापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे । त्यसै गरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफूले इन्धन बापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौती दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भए पछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो।

Loading...

Related News

माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना…

बंगलादेशी राजदूतले भनिन् -नेपालमा लगानी गर्न इच्छुक छौं

काठमाडौं, १२ चैत । बंगलादेशकी राजदूत मस्फी विन्ते सम्सले बंगलादेश सरकार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । उर्जा,जलस्रोत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी