हिन्दु राष्ट्रको नारा र एजेण्डा बोक्दैमा कांग्रेस बलियो हुँदैन – सिटौला

144 Hits

काठमाडौं । महामन्त्री शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि डा.शेखर कोइरालासम्म कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा तय गर्नुपर्ने पक्षमा उभिएका छन् । तर अर्का प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला भने विपक्षमा उभिएका छन् ।

बुधवार केन्द्रीय समिति बैठकमा केही नेताहरुले हिन्दू राष्ट्रको एजेण्डा बनाउँदा पार्टीलाई फाइदा हुने निस्कर्ष सुनाएका थिए । नेपालमा ८० प्रतिसतभन्दा बढि नागरिक हिन्दुका पक्षमा भएको र हिन्दू राष्ट्रको नारा तय गर्दा पाटीलाई फाइदा हुने बताएका थिए ।

प्रमुख सत्तारुढ दल नेकपालाई क्रिश्चियनको आरोप लागिरहेका बेला कांग्रेसले हिन्दू राष्ट्रको नारा तय गर्दै जनमतसंग्रहको बाटोका जानु पर्ने बताएका थिए । डा शेखर कोइरालाले पहिले धर्मनिरपेक्षतामा जाने निर्णय हचुवाका भरमा भएको र अहिले सच्याउनु पर्ने उनको धारणा थियो ।\

नेकपासँग लड्न बलियो एजेण्डा हिन्दू राष्ट्र हुने र कांग्रेस फेरी शक्तिशाली केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका बेला प्रभावशाली नेता सिटौला भने विपक्षमा उभिए । उनले हिन्दू राष्ट्र र जनमतसंग्रहका बिषयमा पार्टीभित्र ब्यापक छलफल हुनुपर्ने धारणा राखे । ‘हिन्दुराष्टको एजेण्डाले पार्टी शक्तिशाली र ठुलो हुने भए, कमल थापाजीको पार्टी किन सुक्यो ?’ बैठकमा सिटौलाले भने ‘हिन्दु राष्टको नारा र एजेण्डा बोक्दैमा कांग्रेस बलियो हुँदैन ।’

Loading...

Related News

देउवा संसदमा कड्कीँदै सरकारलाई लगाए यस्तो आरोप, के होला अब ?

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा…

देउवालाई बाेल्न नदिँदा कांग्रेसले गर्यो सदन अवरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले सदनमा बोल्न…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी