बल टेम्परिङ विवादपछि अस्ट्रेलियाको पहिलो जित

33 Hits

काठमाडौं, ५ पुस ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ विवादपछि अस्ट्रेलियाले पहिलो जित हात पारको छ । अस्ट्रेलियाले गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको टेस्ट सिरिजपछि पहिलोपटक जित आत्मसात् गरेको हो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ विवादमा फसेयताको अस्ट्रेलियाको यो पहिलो जित हो ।

पर्थमा भएको दोस्रो टेस्टमा घरेलु टोलीले भारतलाई १ सय ४६ रनको फराकिलो अन्तरले पराजित गर्दै ४ खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ ।

मार्चमा भएको केपटाउन टेस्टपछि अस्टे«लियाले योसहित कुल पाँच खेल खेलेको छ, जसमा तीन खेलमा हार बेहोर्दा एक खेल बराबरी भएको छ । बल टेम्परिङपछि तत्कालीन कप्तान स्टिभ स्मिथ र स्टार डेभिड वार्नर एक वर्षको प्रतिबन्ध झेलिरहेका छन् भने क्यामरुन बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी