जग्गाधनीलाई थाहै नदिई फेरी बेचीयो जग्गा, तपाईको सम्पत्ति असुरक्षित

62 Hits

काठमाडौं, ५ पुस ।
सरकारी कर्मचारीबाटै सर्वसाधारणको सम्पत्ति असुरक्षित हुन थालेको छ । आपराधिक गिरोहसँग मिलेर कर्मचारीले धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । यस्ता दुई समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले समेत यस्ता घटनाहरूको अनुसन्धान गरिरहेको छ ।

झापाकी टेकमाया माओहाङको दमक– २ स्थित २ बिघा चार धुर जग्गा उनलाई नै थाहा नदिई बिक्री गरेको घटनामा मालपोतका ८ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मालपोत कार्यालय डिल्लीबजार र झापाका कर्मचारी मिलेर टेकमायाको जग्गा बिक्री गरिदिएको खुलेको छ । ६ वर्षअघि नै डिल्लीबजार मालपोत कार्यालयबाट बेजिल्ला पासको निर्णय गराएर नक्कली धनी खडा गरी जग्गा बिक्री भएको हो । एक व्यक्तिले कर्मचारीलाई आर्थिक प्रभावमा पारी जग्गा बिक्री गरिदिएको पुष्टि भएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख पर्शुराम अधिकारीसहितका कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गिरोहका मुख्य नाइके भने फरार छन् । झापा मालपोतका अधिकृत अग्नि घिमिरे तथा नायब सुब्बाद्वय डिल्ली कोइराला र जयन्द्रा राईलगायत अख्तियारको हिरासतमै भएको आजको नयाँ पत्रिकामा समाचार छन् ।

जग्गामा संरचना निर्माण हुन थालेपछि मात्रै आफ्नो जग्गा अरूकै नाममा पुगिसकेको टेकमायाले थाहा पाएकी थिइन् । मालपोत कर्मचारीबाटै आफ्नो जग्गा बिक्री भएको उनी बताउँछिन् ।

नक्कली धनी खडा गरी १० करोडको जग्गा बिक्री
एक महिनाअघि व्यवसायी चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा उनलाई थाहा नै नदिई बिक्री भयो । नक्कली कागजपत्र बनाएर नक्कली जग्गाधनी खडा गरी कर्मचारीकै मिलेमतोमा बिक्री भएको छ ।

समाचारमा अगाडि लेखिएको छ- प्रहरीले घटनामा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित आठजनालाई पक्राउ ग(यो । उपसचिव कमलप्रसाद तिमल्सिना, अधिकृत खगेन्द्र अर्यालसहित रामप्रसाद सुवेदी, सुरेशकुमार थापा, जमुनाकुमारी श्रेष्ठ, रञ्जन खरेल, नवदुर्गाप्रसाद ढुंगेल र सनिस सापकोटालाई अहिले अख्तियारले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।

मालपोत कार्यालयमा रहने स्रेस्तामा कायस्थको फोटो उप्काएर अर्का व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको अनुसन्धानबाट खुलेको छ । कायस्थको जग्गा श्रीकृष्ण देवकोटा, धु्रवप्रसाद भट्टराईको नाममा नामसारी भएको थियो । त्यसका लागि बैंकबाट समेत नक्कली कागजपत्र बनाइएको देखिएको छ ।

Loading...

Related News

मन्त्री खनालले दिए कलंकी मालपोतका हाकीमलाई १४ बुँदे निर्देशन

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो मनत्रालय मातहतको कलंकी स्थित मालपोत र नापी कार्यालयमा छड्के…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी