संसदको हिउँदे अधिवेशन पुस ११ गते देखि सुरु हुने

61 Hits

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते देखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्।

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक पुस ११ गते ४ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा बस्नेछ।

संविधानसँग बाझिएका ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ। परिमार्जन गर्नुपर्ने १ सय ७४ मध्ये पनि ३६ वटा पूर्ण रुपमा नयाँ कानुन बनाउनु पर्ने छ। कानुन लगायतका विभिन्न मन्त्रालयले ती कानुनहरूको तयारी गरिरहेका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी