विद्यार्थी सुधार्न दण्ड की पुरस्कार ? लाै पढाैं

107 Hits

काठमाडौं –

आफू सानो हुँदा पिटाइ खाएको धेरैलाई याद हुन्छ । बालबालिकाको बानी सुधार्न अधिकांश अभिभावकले आफ्ना नानीहरूलाई कुनै न कुनै समय पिटेकै हुन्छन् । उनीहरूको सोचाइ हुन्छ– पिटेर खासै फरक पर्दैन । नराम्रो बानी सुध्रिन्छ । तर यो सोच सरासर लगत हो । वर्षौंको अध्ययन–अनुसन्धानपछि सन् १९९८ मा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स (एएपी) ले बच्चाहरूलाई सजाय स्वरूप पिट्नु हुन्न भनेर वक्तव्य नै जारी गरेको थियो । तर, केही महिना मात्रै पहिला एएपीले आफ्नो विचारलाई परिवर्तन गर्दै कुनै पनि हालतमा बच्चाहरूलाई पिट्नै हुन्न भनेर वक्तव्य निकालेको छ ।

Yamaha

आखिर किन त यो परिवर्तन ? सन् १९९० भन्दा पहिले शारीरिक सजाय स्वरूप बच्चाहरूलाई तह लगाउन पिट्नुलाई नराम्रो मानिँदैन थियो । तर, त्यसै समयमा भएका अध्ययनहरूले शारीरिक सजायले बच्चाको व्यवहार र भावनात्मक स्वास्थ्य दुवैमा असर पुग्ने ठहर गरेपछि त्यसलाई निरुत्साहित गर्न थालियो । यसलाई अहिले पूर्ण रूपमा बन्देज गरिएको छ । अनुसन्धानको परिणामअनुसार पिटेर बच्चाहरूलाई कहिल्यै नराम्रो व्यवहार गर्नबाट रोक्न सकिँदैन । बच्चाहरूलाई तुरुन्तै आफ्नो व्यवहार परिवर्तन गर्नका लागि पिट्दा त्यसले उक्त व्यवहार तत्कालका लागि त सच्चिन्छ तर लामो समयसम्म काम गर्दैन ।


घरी घरी पिटिराख्दा बच्चाहरू झनै थिचरो हुँदै जान्छन् । बच्चाहरूलाई कुनै नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पिटियो भने उनीहरूको मस्तिष्कले त्यसलाई केवल डरको रूपमा मात्रै लिन्छन् र के गर्दा ठीक वा बेठीक भनेर छुट्टयाउन नसक्ने हुन्छन् ।उदाहरणका लागि बच्चाहरूलाई अर्को बच्चासँग झगडा गरेको भनेर पिटियो भने त्यसले उल्टो असर गर्छ । बच्चाहरूले आफूलाई कुनै कुरा मन परेन भने पिट्न हुन्छ भनेर सिक्छन् । पिटाइ खाएका बच्चाको व्यवहार अन्य बच्चाभन्दा निकै आक्रामक हुने देखिएको छ । विभिन्न १४ प्रकारका अनुसन्धानले पिटाइ र बच्चालाई आक्रामक व्यवहारबीच अभिन्न सम्बन्ध रहेको देखाएका छन् । पिटाइले बच्चालाई आक्रामक बनाउँदैन बरु आक्रामक बच्चाले धेरै पिटाइ खान्छन् भनेर तर्क गर्नेहरू पनि छन् ।
१२ हजार बालबालिकामा गरिएको अध्ययनअनुसार ५ वर्षको उमेर पिटाइ खाएका बालबालिकाले ६ र ८ वर्षका उमेरमा आक्रामक व्यवहार देखाउने पुष्टि भएको छ ।


यो अध्ययनअनुसार बालबालिकामा देखिने व्यवहारजन्य समस्याको मूल जरो नै अभिभावकबाट बानी सुधार्नका लागि खाने गरेको पिटाइ हो । आक्रामक व्यवहारको कारक नै पिटाइ नै हो त ? उत्तर सहज छ– आफ्ना अभिभावकले पिटेको देख्दा, पिट्नु भनेको बेठीक कुरा त होइन भन्ने उनीहरूलाई परिहाल्छ ।
पिटाइले बच्चाको व्यवहार मात्र नभई उनीहरूको सम्पूर्ण स्वास्थ्यमा असर गर्छ । उनीहरूको मानसिक स्वास्थ्य ठीक हुँदैन । आत्मविश्वासमा कमी हुन्छ । अभिभावक र बच्चाबीचको सम्बन्ध पनि सुमधुर रहँदैन । यी सबैले उनीहरूको मानसिक र शारीरिक विकासका धेरै पाटोमा असर पुर्‍याउँछ । यस्तै, हकार्नु, गाली गर्नु वा लज्जित बनाउनुको असर पनि बच्चामा राम्रो हुँदैन ।


केही साताअघि मात्रै फ्रान्सेली संसद्ले बच्चाहरूलाई पिट्न नपाइने कानुनलाई भारी बहुमतले अनुमोदन गरेका छन् किनभने शारीरिक सजाय नदिँदा वास्तवमै बच्चाको व्यवहारमा परिवर्तन आएको अनुसन्धानले ठहर गरेको छ । ८८ विभिन्न राष्ट्रहरूमा शारीरिक सजायलाई बन्देज लगाइएको छ । त्यहाँका बच्चाबीच हुने झगडामा कमी आएको देखिएको छ । स्कुलमा मात्रै त्यस्तो सजायमा बन्देज लगाएका राष्ट्रमा भने केटीबीच हुने झगडामा मात्रै कमी देखिएको छ । पिटेर बच्चालाई तह लगाउनु राम्रो होइन भने उनीहरूको व्यवहार सच्याउनका लागि के गर्ने त ? त्यसको पनि उपायहरू छन् । सबैभन्दा राम्रो भनेको उनीहरूलाई राम्रो व्यवहारका लागि पुरस्कृत गर्ने र नराम्रो व्यवहार देखाए पुरस्कार नदिने । जस्तै : बच्चाले राम्रोसँग खाना खायो भने खाइसकेपछि मिठाई दिने । खान किचकित गर्‍यो भने नदिने । यस्तै भाइबहिनीको खेलौना खोसेर दु:ख दियो भने उसलाई खेलौना नै नदिने । साथै, उसको गलत व्यवहारका लागि केही समय उसलाई मन पर्ने कार्य गर्न बन्देज लगाउने पनि अर्को राम्रो उपाय हुन सक्छ । हाम्रो लक्ष्य बच्चालाई राम्रो र नराम्रो व्यवहार भनेका के हुन् भनेर ज्ञान दिने हुनुपर्छ र नराम्रो व्यवहारको परिणाम पनि आफूलाई मन नपर्ने नै हुन्छ भनेर सिकाउने हुनुपर्छ ।


हामीमध्ये केहीलाई आफूले केही पिटाइ खाएकैले राम्रो भएको भन्ने पनि लाग्न सक्ला । तर, त्यति बेला विज्ञानले यति धेरै अध्ययन नै गर्न सकेको थिएन त्यसैले त्यति बेलाको समाजमा पिट्नुलाई जायज मानियो । अहिलेपिट्दा त्यसको कुनै सकारात्मक असर हुँदैन भनेर विज्ञानले पुष्टि गरिसकेको अवस्थामा हामीले आफूलाई मात्र अन्याय भएको भनेर सोच्नु हुँदैन । अन्तत: बच्चालाई नपिटेरै पनि राम्रो बानी सिकाउन सकिन्छ । त्यसका लागि आफ्नै बानी पहिला परिवर्तन गर्न जरुरी हुन्छ ।- काााान्तिपुरबााट

(साइकोलोजीटुडेडटकममा प्रकाशित भानेसा लोबिउको आलेखको अनुवाद । लोबिउ रुट्गेर्स युनिभर्सिटिकी मनोविज्ञानकी सहायक प्राध्यापक हुन् )

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी