मेलम्चीबारे अाशंका नगराैं, निर्धारित समयमै सकिन्छ – खानेपानी मन्त्रालय (विज्ञप्तिसहित)

190 Hits

काठमाडौं, ३ पुस । 

खानेपानी मन्त्रालयले मेलम्ची अायाेजना समयमै सम्पन्न गर्ने स्पष्ट पारेकाे छ । केही दिन अघि मेलम्ची अायाेजनाकाे परामर्शदाता ठेकेदार कम्पनीका मेनेजरसहित कर्मचारीहरू अायाेजना छाडेर भागेपछि मेलम्ची समयमै सम्पन्न हुनेमा अाशंका बढिरहेका बेला मंगलबार साँझ मन्त्रालयले विज्ञप्ति जारि गरि स्पष्ट पारेकाे हाे । 

ठेकेदार कम्पनीका ८ कर्मचारी भागेर काठमाडौं अाई विदेश जान लागेकाे जानकारी पाएपछि खानेपानी मन्त्रालयले गृहलाई अाग्रह गरि पक्राउ गरेकाे थियाे ।

उनिहरू पक्राउ परेपछि मेलम्ची बारे थप अन्याैल भएकाे बेला मन्त्रालयलका सचिव गजेन्द्र ठाकुरले विज्ञप्ति जारी गर्दै मेलम्चीको काम ९० प्रतिशत सम्पन्न भईसकेकाेले जे गरेर भएपनि निर्धारित समयमै अायाेजना सम्पन्न गर्ने अाधार प्रस्तुत गरेका हन् । 

 विज्ञप्तिमा खानेपानी मन्त्री बिना मगरले मन्त्रालय सम्हालेदेखि अायाेजननकाे कामले गति लिएकाे स्मरण गराउँदै ठेकेदार कम्पनी रहेपनि नरहेपनि मेलम्ची अायाेजना समयमै सम्पन्न गरिछाड्ने प्रतिवद्वता गरिएको छ । 

साथै विज्ञप्तिमा यश घटनाले मेलम्चीकाे भविष्यमाथि अाशंका नगर्न र मन्त्रालयलाई हर तरहले सहयाेग र साथ दिन अपिल पनि गरिएको छ । हेर्नुस् विज्ञप्ति – 

Loading...

Related News

दाेश्राे मेलम्ची: मर्दी खोलाको पानी प्रशोधन गर्ने आयोजना शिलान्यास

पाेखरा, २७ जेठ – खानेपानी मन्त्री बिना मगरले पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको…

मेलम्चीको समस्या छिटै समाधान हुन्छ : मन्त्री मगर

काठमाडौं, ५ बैसाख ।मेलम्चीको काम चार महिनादेखि रोकीएर अन्यौलता सिर्जना भइरहेका बेला खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का