कांग्रेस पदाधिकारीको संख्या ११ हुने

90 Hits

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह महामन्त्री र एक कोषाध्यक्ष सहित पदाधिकारीको संख्या ११ पुर्‍याउनेमा सहमति भएको छ।

कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको थियो। पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले केहीअघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने अडानमा थियो।

अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ। सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ५ जना मात्र हुने भएका छन्। ११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष)को प्रत्यक्ष चुनाव हुनेछ।

चारै जना सहमहामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने ती केन्द्रीय नेताले जानकारी दिए। पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। सिंहदरबारमा बसेको पदाधिकारी बैठकले लञ्चसम्ममा पदाधिकारीको अन्तिम टुंगो लगाएर उक्त प्रस्ताव महासमितिमा लगेर विधान संशोधन गरिने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी