सोमालियामा अमेरिकी हवाई हमलामा परी ६२ को मृत्यु

57 Hits

सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए । सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका छन् । अमेरिकामा डोनल्ड ट्रम्प आएपछि सोमालियामा यस्ता थुप्रै हमला भइसकेका छन् । ब्यूरो अफ इन्भेस्टिगेशन जर्नलिजमको आँकडा अनुसार सन् २०१७ मा सुरु भएको यो हमलामा कम्तिमा चार सय मारिए ।

यो आँकडा पछिल्लो १० वर्षमा मारिएका मानिसभन्दा पनि धेरै हो । अमेरिकाको जिबुतीमा ठूलो सैन्य स्थल छ र हमला यतैबाट गरिँदै छ ।एजेन्सी ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी