मध्यरातमा अनसनरत घाइतेलडाकु पक्राउ, थप आन्दोलानका कार्यक्रम घोषणा गर्ने तयारी (भिडीयो सहित)

56 Hits

काठमाडौं । पुसको ठण्डीमा माईतिघर मण्डलाको खुल्ला आकाश मुनी ६ दिनदेखि आमरण अनशन बसिरहेका जनयुद्ध तथा नआन्दोलनका घाईतेहरुलाई सोमबार रातको १२ बजे प्रहरीले पक्राउ गरेको छ ।

सरकारसँग निःशुल्क उपचार गरिनु पर्ने, घाईते अपांगलाई गणतन्त्र योद्धा घोषणा गरि परिचयपत्रको व्यवस्था गरिनुपर्ने, घाइते तथा अपांगका छोरा छोरीलाई निशुल्क उच्च शिक्षा तथा परिवारलाई रोजगारीको ब्यवस्था हुनु पर्ने लगायतका माग राखी उनीहरु आमरण अनसनमा बसेका थिए ।

सोमबार राती अनसरत उनीहरुलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरीले जबरजस्त उठाएर वीर अस्पताल लगेको स्रोतले जनाएको छ । आन्दोलनरत घाइतेहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो । चिसो र भोकले कठ्याङ्ग्रीदा उनीहरुको स्वास्थ्यमा गम्भिर बन्दै गएको थियो । गणतन्त्रका प्राप्तीका लागि शरिरको अंग गुमायौँ, रगत बगायौँ तर अहिले उपचारका लागि सडकमा भिख माग्नु परिरहेको छ, अनसनरत चन्द्र बहादुर बिकले बताए ।

जनमुक्ति सेनाका पूर्व पी.ए.लए. तथा अपांग बिष्णु बहादुर कार्कीले सरकारले माग पुरा नगरे देशै भरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । उनले भने, सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकार चुप लागेर बसेको छ । यसको बिकल्प आमरण अनसन बहेक अरु हुन सक्दैन ।

आफ्ना माग पुरा गराउन केह िमहिनादेखि सरकारसंग छलफल भएको तर सरकारले बेवास्ता गरेका कारण आफहरु अनसनमा बस्नु परेको उनले सुनाए । माग पुरा गराउन अनसन बसेका घाईते अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई केहीदिन यता प्रहरी हिरासतमा छन् । उनलाई झुट्ठा मुद्धा लगाई हिरासतमा राखिएको तत्काल रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

बिकलाई प्रहरीले महानगरिय प्रहरी परिसर, जाउलाखेल ललितपुरको हिरासतमा राखिएको उनीहरुकोे आरोप छ । मंगलबार १२ बजे वीर अस्पतालमा पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको उनीहरुलाले जानाकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी